डडेल्धुरामा कोरोना संक्रमितको सम्पर्कमा आएका १३० जनाको स्वाब सकंलन

डडेल्धुरामा कोरोना संक्रमितको सम्पर्कमा आएका १३० जनाको स्वाब सकंलन

डडेल्धुरा : डडेल्धुरामा एकजनामा कोरोना संक्रमण देखिएपछि स्वाब सकंलन कार्यलाई तीव्रता दिइएको छ । जिल्लाका विभिन्न स्थानमा क्वारेन्टइनमा रहेका र संक्रमित देखिएका युवकसँग सम्पर्कमा पुगेका गरी १ सय ३० जनाको स्वाब  सकंलन गरिएको हो ।

डडेल्धुराका एक सरकारी कार्यालयका कर्मचारीमा कोरोना भाइरस कोभिड-१९ भएको पुष्टि भएपछि  १ सय ३० जानाको स्वाब संकलन गरिएको हो । सरकारी कार्यालयका कर्मचारीमा शुक्रबार कोभिड-१९ भएको पुष्टि भएको थियो । शनिबार उनको सम्पर्कमा आएका व्यक्तिसँगै क्वारेन्टाइनमा बसेकाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयका कोभिड सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले बताए ।
 
सहरी विकास मन्त्रालयको कार्यालय डडेल्धुरामा कार्यरत परशुराम नगरपालिका-१० का २८ वर्षीय एक कर्मचारीमा कोरोना पुष्टि भएको हो । उनीसँगै कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी, उनको सम्पर्कमा आएका व्यक्ति, प्रहरी, पत्रकार र केही क्वारेन्टाइनमा बसेका गरी १ सय ३० जानाको स्वाब संकलन गरिएको कोभिड सम्पर्क व्यक्ति भट्टले बताए ।

पहिलो चरणमा कोरोना संक्रमित व्यक्तिसँगको सम्पर्कमा प्रत्यक्ष संलग्न रहेका मानिसको परीक्षण गरिने भएक छ। पहिलो चरणको रिपोर्टका आधारमा अन्य मानिसलाई पनि कोरोना परीक्षणका लागि नमूना सकंलन गरिने जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।