लकडाउनमा दार्चुला पुगेर के गर्दैछन डा.केसी

लकडाउनमा दार्चुला पुगेर के गर्दैछन डा.केसी

गत बुधवार दार्चुलाको गोकुलेश्वर पुगेका डाक्टर गोविन्द केसी १० दिन गोकुलेश्वर अस्पताल र जिल्ला अस्पताल दार्चुलामा सेवा दिई उत्तरी क्षेत्र व्याँस प्रस्थान गरेका छन् ।

आइतवार विहानै उनी व्याँस गाउँपालिकाको सुन्सेरा प्रस्थान गरेका हुन् । एक हप्ताभन्दा बढी जिल्ला अस्पतालमा सेवा दिएका डा केसी आइतवार व्याँस गाउँपालिकाको केन्द्र सुन्सेरा प्रस्थान गरेको दार्चुला अस्पतालका प्रमुख डा गजेन्द्र दुवालले जानकारी दिए । यहा रहदा उँहाले हाडजोर्नी सम्बन्धि सेवा दिएको उहाले बताए । दार्चुलामा रहेर समग्र जिल्लाको स्वास्थ्य अवस्थाबारेमा उनले जानकारी लिएको प्रमुख डाक्टर दुवालले बताए । आइतवार व्याँस लागेका केसीले एक हप्ता सेवा दिने जनाइएको छ । यसअघि डा केसी वैशाख २५ गतेदेखि बझाङ जिल्ला अस्पताल र वैशाख २९ गते देखि ३१ गते जिल्ला अस्पताल बैतडीमा रहेका थिए । त्यसअघि उहाँले फागुन २० गतेदेखि बैशाख २५ गतेसम्म डडेल्धुरा अस्पतालबाट सेवा दिएका थिए  । उनले बझाङ र डडेल्धुरामा रहँदा पनि बिरामीको उपचार गरेका थिए ।

चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा गोविन्द केसी लकडाउनकै बीचमा सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको अस्पतालको भ्रमण तथा सेवा दिन व्यस्त छन् । डा केसी चिकित्सा क्षेत्र सुधार र काठमाडौँ बाहिर सुदूरपश्चिमलगायत क्षेत्रमा मेडिकल कलेज खोल्नुपर्ने माग गरी पटकपटक सरकारविरूद्ध अनसन बसिसकेका अभियन्ता हुन् ।