बारामा थप एक जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

बारामा थप एक जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

बारामा थप १ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय कलैया बारामा कार्यरत सर्लाही ठेगाना भएका वर्ष ४९ का प्रहरी नायब निरीक्षक कोरोना सक्रमित पुष्टि भएको छ ।

उनको जेठ ७ गते स्वाब संकलन गरी परिक्षणका लागि काठमाण्डौंको टेकु स्थित केन्द्रिय प्रयोगशाला पठाईएको थियो ।

अहिले उनको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिको खोजी कार्य भईरहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो ।