जोखिम मोल्दै सिमामा अलपत्र नागरिकहरुलाई राहत बाड्न तल्लीन कुवर

जोखिम मोल्दै सिमामा अलपत्र नागरिकहरुलाई राहत बाड्न तल्लीन कुवर

धनगढी : कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरको अगुवाइमा आजपनी भारतबाट आएका सिमामा अलपत्र नागरिकहरु लाई खाजाका रुपमा खाद्यान्न तथा पानी वितरण गरिएको छ । गन्तव्यमा जान पर्खिनु परेका अलपत्र नेपालीहरु लाई सिमा मै पुगेर ३५ पेटि चाउचाउ र ४० पेटि पानी वितरण गरेको हो ।

आज वितरण गरिएको खाद्य सामग्री लायन्स क्लब अफ धनगढी ग्रिन सिटी, सिद्दिबिनायक स्न्याक्स एन्ड न्युडल्सका प्रतिनिधि महेश फुलाराले उपलब्ध गराएको हो । लायन्सको २५ र सिद्दिबिनाएकको १० गरि ३५ पेटि चाउचाउ वितरण गरिएको हो ।

यस्तै  उद्योग बाणिज्य संघका अध्यक्ष पुष्प राज कुँवर र कार्यसमिति सदस्य महेन्द्र कुमार सिंहले ४० पेटि पानी उपलब्ध गराएका हुन । अध्यक्ष कुवरले विगत केही दिन देखि दैनिक रुपमा सिमामै पुगेर राहत वितरण गर्दै आएका छन ।

उनले सामाजिक उत्तरदायित्व स्वरुप आफूले यो सामाजिक काम गरिरहेको बताए । उनले यस्तो बिपत्तिको समयमा आफुले सक्दो सहयोग गर्न पाउँदा खुशी लागेको बताउदै अरु लाई पनि सहयोगका लागि आव्हान गरे ।