सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा दुई सय २५ जनाको परीक्षण रिपोर्ट आयो

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा दुई सय २५ जनाको परीक्षण रिपोर्ट आयो

धनगढी : सुदूरपश्चिम प्रदेशको धनगढी प्रयोगशाला मार्फत आज दुई सय २५ जनाको कोरोना परीक्षण गरिएको छ । परिक्षण गरिएको नमुना मध्ये एक जना बाहेक सबैको नतिजा नेगेटिभ आएको छ ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले आईतबार दिएको जानकारी अनुसार पीसीआर बिधिबाट पछिल्लो २४ घण्टामा २ सय २५ नमूनाको कोरोना परिक्षण गरिएकोमा १ जनाको पीसीआर परिक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

आज संक्रमित देखिएका १ अछामका हुन । जेठ ८ गते भारतबाट आएका उनी सेती अस्पतालको आईसोलेसनमा उपचाररत रहेको नियमित प्रेश ब्रिफिङ मार्फत अपडेट दिने क्रममा जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए ।

उनले अहिले सम्म सुदूरपश्चिममा पीसीआर बिधिबाट ४ हजार ४ सय २१ नमूना परिक्षण गरेको जनाकारी दिए । उनका अनुसार अहिले सम्म ४ हजार ९ सय ७३ थ्रोट स्वाव नमूना संकलन गरिएकोमा ५ सय ५२ नमूनाको नतिजा आउन बाकी रहेको छ ।