कैलालीको गौरीफन्टा नाकाबाट जनसागर उर्लिदै, आज मात्रै चार हजार नागरिकको उद्धार

कैलालीको गौरीफन्टा नाकाबाट जनसागर उर्लिदै, आज मात्रै चार हजार नागरिकको उद्धार

धनगढी : कैलालीको त्रिनगर नाकाबाट आइतबार मात्रै करिब ३ हजार ९ सय ८८ सय मानिस स्वदेश भित्रिएका छन् । कैलालीको गौरीफन्टा नाकाबाट सीमावर्ती क्षेत्रमा अलपत्र परेका नेपालीहरुको उद्दारको काम आइतबार पनि जारी राखिएको छ ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा भारतका विभिन्न क्षेत्रबाट गौरीफन्टा नाका सम्म पुगेकाहरुको उद्दार भईरहेको हो । उनिहरु लाई लिन केहि स्थानीय तहले सवारी साधनको ब्यवस्था गरेपनि धेरैको अवस्था दयनिय छ ।

भारतमा रोजागरी गुमाएर समस्यामा परेका नागकिर स्वदेश फर्किए पनि सरकारले उचित ब्यवस्था नगरेको उनिहरुको गुनासो छ । नाकामा हजारौँ भारतबाट आएका ब्यक्तीहरुको कुनै ब्यवस्थापन नहुँदा कोरोना संक्रमणको जोखिम बढेको हो ।

एकै पटक उद्धार गर्दा स्वस्थ मानिसलाइपनि कोरोना संक्रमण हुने सम्भावना बढेको हो । आज पनि परिक्षण विनै हजारौँ नागरिकलाई उद्धार गरिएको हो ।