बाँके र बर्दियामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

बाँके र बर्दियामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार साँझ बाँके र बर्दियामा गरी थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रष्ठिानका निर्देशक डाक्टर सागर पन्थीका अनुसार प्रतिष्ठानको प्रयोगशालमा आज गरिएको २ सय ३९ जनाको कोरोना परीक्षण गर्दा ५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

डा पन्थीका अनुसार ५ जना संक्रमित मध्ये ४ जना बाँके र एक जना बर्दीयाका रहेका छन् । उनीहरु मध्ये बाँकेको नारायाणपुरमा रहेको भवनपुर माविको क्वारेन्टाइमा रहेका ४ जना रहेका छन् । उनीहरु राप्तीको सोनारी गाउँपालिका– ५ का १६,२३,२३ र २४ वर्षका ४ जना पुरुष रहेका छन् ।

डा पन्थीका अनुसार बाँकेको भवनपुर माविको क्वारेन्टाइमा रहेका १ सय ३९ जनाको नमूना परीक्षण गरिएकोमा ४ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै बर्दियाको बाँसगढी–९ का २५ वर्षिय पुरुष रहेका छन् । सो क्षेत्रमा एक सय जनाको नमूना संकलन गरी परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । डा पन्थीका अनुसार नयाँ थपिएका ५ जना संक्रमतिको विवरण स्वास्थ्य मन्त्रालयलाई आइतबार साँझ  जानकारी गराइएको छ ।