सुदूरपश्चिम सरकार नाकामा नागरिक व्यवस्थापनमा सक्रिय हुदै

सुदूरपश्चिम सरकार नाकामा नागरिक व्यवस्थापनमा सक्रिय हुदै

धनगढी । सुदूरपश्चिम फाउन्डेशनको सहकार्यमा सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको गौरीफन्टा नाकाबाट भित्रिएका दुई हजार जनालाई मास्क, सेनिटाईजर लगायतका सामाग्री वितरण गरेको छ।


आज फाउन्डेसनले भारतबाट फर्किएका दुईहजार जनालाई मास्क, सेनीटाईजर, पानी एवंम् चाउचाउ वितरण गरेको हो ।

भोली बाट अझै प्रभावकारी रुपमा सिमामा खटिने फाउन्डेशनका महासचिव  धिरेन्द्र साउदँले जनाउनु भयो । 
भारतबाट फर्किनेहरुको उद्दार तथा व्यवस्थापनमा प्रदेश सरकारको भूमिका लाई लिएर प्रश्नहरु उठीरहेका बेला सरकार र फाउन्डेशनको सहकार्यले सीमामा पुगेर मास्क लगायतका समाग्री वितरण गरेको हो।


सरकारले सुदूरपश्चिम फाउन्डेसनसँगको सहकार्यमा सीमाबाट भित्रिएकाहरुलाई  मेकिडल मास्क, सेनिटाईजर लगायतका समाग्री वितरण गरेको र अध्यक्ष भरत शाहले जानकारी दिनुभयो।