यथेष्ठ स्वास्थ्य बजेटको व्यवस्था गर्न डा.आरजुद्धारा मुख्यमन्त्री भट्टको ध्यानाकर्षण

यथेष्ठ स्वास्थ्य बजेटको व्यवस्था गर्न डा.आरजुद्धारा मुख्यमन्त्री भट्टको ध्यानाकर्षण


सुरक्षित मातृत्व संजाल महासंघ नेपालकी केन्द्रीय अध्यक्ष एवं बरिष्ठ सामाजिक अभियन्ता डा।आरजु राणा देउबाले सुदूरपश्चिम प्रदेशको आसन्न वार्षिक निती तथा कार्यक्रमममा यथेष्ठ स्वास्थ्य बजेटको व्यवस्था गर्न सुदूरपश्चिम प्रदेश सरकार र प्रदेशसभाको ध्यानाकर्षण गराउनु भएको छ । 

सुरक्षित मातृत्व संजाल महासंघकी अध्यक्ष डा।आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट,प्रदेश सभामुख,प्रदेशमन्त्रीहरु,प्रदेशभाका सदस्यहरु, प्रदेश सरकारका मुख्यन्यायधिवक्तालाई एकपत्र मार्फत सुदूरपश्चिम प्रदेशको आसन्न निती तथा कार्यक्रमममा यथेष्ठ स्वास्थ्य बजेटको व्यवस्था गरी प्रत्येक नागरिकको स्वास्थ्य र महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारको सुनिश्चितता गर्न ध्यानाकर्षण गराउनु भएको हो । 

महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारको क्षेत्रमा क्रियासिल रहनु भएकी अग्रणी सामाजिक अभियन्ता डा।आरजु देउवा राणा देउवाले नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकले “प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने उल्लेख भएको र यस्तै धारा ३८ महिलाको हक९२० मा प्रत्येक महिलालाई सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सम्बन्धी हक हुनेछ भनी उल्लेख भएकाले यथेष्ठ स्वास्थ्य बजेट र त्यस अनुररुपको स्वास्थ्य सेवाको व्यवस्था गरी आम नागरिकको स्वास्थ्य हक र विशेषतःमहिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारको संवैधानिक हकलाई व्यवहारिक रुपमै कार्यान्वयन गर्न प्रदेश सरकार र प्रदेशसभालाई आग्रह गर्नुभएको छ । 

ध्यानाकर्षण पत्रमा अध्यक्ष डा। आरजुले विगतमा नेपालले सहस्राब्दी विकास लक्ष्य हासिल गर्न चालेको कदम विश्व भरि नै प्रसंशनिय बताउदै मातृमृत्यु दरलाई ५० प्रतिशत सम्म कम गरी अन्र्तराष्ट्रिय अवार्ड हासिल गरी सकेको भएता पनि हाल वर्तमान अवस्थामा दिगो विकास लक्ष्य हासिल गर्न नेपाललाई केही चुनौती रहेको तर्फ पनि सचेत गराउनु भएकोे छ ।

उहाँले कोरोना भाईरस कोभिड–१९ ले बिश्वलाई नै आतंकित गरिरहेको अवस्थामा हाल नेपालमा पनि संक्रमण बढदो क्रममा रहेकाले बिश्व अर्थतन्त्रमा हलचल मचाएको यो परिस्थितिमा गरिवी र स्वास्थ्य समस्या गुणात्मक रुपमा बृदि हुने अध्ययनहरुले देखाएकाले पश्चिमी अफ्रिकी मुलुकहरुले भोगेको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दे महामारीका समयमा नियमित स्वास्थ्य सेबा सुचारु, र सम्भावित महामारीका लागि आवश्यक पूर्व तयारी,स्वास्थ्यमा प्रयाप्त बजेट विनियोजनमा विशेष ध्यान अत्यत्नै जरुरी रहेको औल्याउनु भएको छ ।

त्यसैगरी डा।आरजुले कोरोना महामारी सँगै बैदेशिक रोजगारीबाट हजारौको संख्यामा मानिसहरु स्वदेश फकिनु र देशभित्रै पनि कयौले रोजगारी गुमाउनु परेको यो बेला बेरोजगारी र गरिवी बढने त छँदैछ । स्वास्थ्य क्षेत्रले थप चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । लकडाउन र त्रासका कारण स्वास्थ्य संस्थामा सीमित पहुच हुनु, यातायातका साधनहरुको अभावमा समयमा स्वास्थ्य संस्थामा पुग्न नसक्नु, आर्थिक विपन्नताका कारण पोषण युक्तखानाको अभावहुनु, परिवार नियोजन लगायतका साधनहरुको नियमित उपलब्धता नहुनु, नियमित गर्भ जाँच गराउन नसक्नु, आदिकारणहरुले गर्दा मातृ तथा बाल मृत्युदर बढ्न सक्ने सम्भावना समेत देखिन्छ । साथै असुरक्षित गर्भपतन, डिपे्रसन, लगायत एच।आइ।भी जस्ता सरुवा रोगहरुको जोखिम पनि उतिकै देखिएकाले यस तर्फ पनि सचेत रहन र प्रभावकारी पहल गर्न प्रदेश सरकारलाई अनुरोध गर्नुभएको छ । 

यस्तो विषम माहामारीमा सचेत भएर स्वास्थ्य क्षेत्रको बजेटमा कुनै कटौती नगरी सकेसम्म वृद्घि गर्दै लैजानु पर्ने देखिन्छ । चालु बर्ष २०७६÷७७ का लागि ६८।७८ अरब बजेट छुटयाइएको थियो । जुन कुल राष्ट्रिय बजेटको ४।८४प्रतिशत हुन आउछ । समय सान्र्दभीक हेर्ने हो भने सोहि बजेट पनि स्वास्थ्य क्षेत्रमा कम रहेको थियो तसर्थ अव गरिने बजेट बिनियोजनमा केन्द्र देखि स्थानीय स्तरसम्म स्वास्थ्य बजेटमा यथेष्ट रकम बिनियोजन गर्न गराउन प्रदेश सरकार,प्रदेशसभा र आमनागरिकलाई सुरक्षित मातृत्व संजाल महासंघ नेपालकी अध्यक्ष डा। आरजु राणा देउवाले आग्रह गर्नुभएको छ ।