अछाममा भिरबाट लडेर १६ वर्षीय बालीकाको मृत्यु

अछाममा भिरबाट लडेर १६ वर्षीय बालीकाको मृत्यु

अछाम : अछाममा भिरबाट लडेर एक बालीकाको मृत्यु भएको छ । जिल्लाको पन्चदेवल बिनायक नगरपालीका – ४ कालीकास्थानका मिनबहादुर चलाउनेकी १६ वर्षीय छोरी चेतना चलाउने मृत्यु भएको हो ।

घरबाट खर काट्न गएकी चेतना शनिबार दिउंसो १ बजे वडाको भन्डाराखोला माझबाटे भिरबाट खसेर ज्यान गएका परिवारले जनाएको छ । भिरबाट करिब २० मिटर तल खसेकि चलाउनेको टाउकोमा गम्भीर चोट लागेका कारण घटना स्थलमै ज्यान गएको हो ।

मृतक चलाउनेकी आमा र भाउजु संगै भिरमा घांस काटन गएकि थिइन् । मृतक चलाउने बिद्यामन्दिर माबी बिनायकमा कक्षा ९ मा अध्यायनरत थिइन ।