कांग्रेस नेता गगन थापाले गरे सभापति देउवाको चर्को आलोचना

कांग्रेस नेता गगन थापाले गरे सभापति देउवाको चर्को आलोचना

काठमाडौं : नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गर्नु भएको छ । 

नेता थापाले पार्टी उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनित गर्ने सभापति देउवाको शैलीलाई अराजकताको संज्ञा दिँदै चर्को आलोचना गर्नु भएको हो । शनिबार काठमाडौंमा गणेशमान सिंह स्मृति भवनको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले सभापति देउवाको कार्यशैली पार्टीका लागि खतरनाक हुने चेतावनी पनि दिनुभयो । 

नेता थापाले विधानविपरीत जथाभावी नचल्न पनि पार्टी सभापति देउवालाई सचेत गराउनुभयो । उहाँले आउँदो चुनावमा पार्टीलाई विजयी गराउन युवा पुस्तालाई पार्टीमा आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यक्ता पनि औँल्याउनुभयो ।

कार्यक्रममा बोल्दै कांग्रेस नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले विधान विपरीतका गतिविधि गरिरहेको उल्लेख गर्दै त्यसलाई रोक्न पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध हुन आह्वान गर्नु भएको थियो । साभार उज्यालो अनलाईन