अछाम जिल्लाका स्वास्थ्यकर्मीका लागी डा. भिम रावलद्धारा १०० थान पीपीई सहयोग

अछाम जिल्लाका स्वास्थ्यकर्मीका लागी डा. भिम रावलद्धारा १०० थान पीपीई सहयोग

धनगढी : नेकपाका प्रभावशाली नेता तथा पूर्व उपप्रधान, रक्षा, गृह मन्त्री डा.भीम बहादुर रावलले अछाम जिल्लाका लागि स्वास्थ्य सामग्री उपलब्ध गराउनु भएको छ ।

अछामको बयालपाटा अस्पताल र जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राख्दै डा. रावलले व्यक्तिगत सुरक्षा सामग्री पीपीई १०० थान प्रदान गरेका हुन ।

स्वास्थ्य क्षेत्रमा खटेर काम गर्ने कर्मचारीलाई सुरक्षित भएर काम गर्न सहज होस् भनेर उद्देश्यले व्यक्तीगत रुपमा पीपीई प्रदान गरिएको नेता रावलले बताए ।

नेकपा स्थायी कमिटी सदस्य समेत रहेका नेता रावलले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा सहज होस् भनेर उक्त पीपीई प्रदान गरेको जानकारी दिए ।