सामुदायिक वन समुहमा सहमति नजुटेपछि अध्यक्ष र सह–सचिवको निर्वाचन

सामुदायिक वन समुहमा सहमति नजुटेपछि अध्यक्ष र सह–सचिवको निर्वाचन

धनगढी : जाली सामुदायिक वन उपभोक्ता समुह धनगढी उपमहानगरपालीका ६ जालीको १६ औ साधारण सभामा अध्यक्ष र सह–सचिवमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रकृयामा गएको छ । 

शनिबार अबेर सम्म साधारण सभामा नयाँ नेतृत्वका लागि सहमति नजुटेपछि अध्यक्ष र सह–सचिवमा सहमति जुट्न नसकेपछि निर्वाचनमा गएको हो । अन्य पदाधिकारीमा भने सहमतीमा छनोट भएका छन् । 

जसमा उपाध्यक्ष धनबहादुर चौधरी, सचिव कौशिला देउवा र कोषाध्यक्ष श्रवण देउवा चयन भएका छन् भने सदस्यहरुमा शारदादेवी बम, कान्छी चौधरी, सुनीतादेवी सार्की, रम्भीदेवी सार्की, हिरालाल चौधरी, चक्रबहादुर बोगटी, बुद्धीराम चौधरी र फुलाराम चौधरी चयन भएका छन् । 

अध्यक्षमा बेदप्रशाद चौधरी, बसन्त चौधरी, कौशिला बिक र खुशीराम चौधरी लगाएत ४ जनाको उमेद्बारी परेको छ भने सहसचिवमा डिल्लीराज पाठक लगाएतका दुई जनाको उमेद्बारी परेपछि निर्वाचन प्रकृयामा गएका निर्वाचन समितिका संयोजक प्रकाश बहादुर शाहीले जानकारी दिए । 

त्यसैगरी साधारण समा समुहका कार्यलय सचिवमा कार्यरत रहदा स्वार्गिय ईन्द्र खड्को ह्दयघातबाट निधन भएपछि समुहले राहत स्वरुप ५० हजार आर्थिक सहयोग समेत गरेको समुहका कोषाध्यक्ष श्रवण देउवाले जानकारी दिए ।