अत्तरियामा शव फेला, थप अनुसन्धान हुदै

अत्तरियामा शव फेला, थप अनुसन्धान हुदै

अत्तरिया  अत्तरियामा  एक व्यक्ती  मृत अबस्थामा फेला परेका छन् । गोदावरी नगरपालिकाको वडा नं ४ खैराना पुलको नजिकै आज बिहान एक जना मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार मृत फेला पर्नेमा गोदावरी नगरपालिका वडा नं २ का ५० बर्षिय लाल बहादुर वि.क रहेका छन् ।

स्थानियले शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी अहिले घटना स्थलमा रहेको र घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।