फाया नेपालद्धारा मानवीय सहायता राहत सामाग्री वितरण

फाया नेपालद्धारा मानवीय सहायता राहत सामाग्री वितरण

धनगढी : फाया नेपालले कैलालीको विभिन्न स्थानिय तहमा मानवीय सहायता राहत एव स्वास्थ्य सामाग्री वितरण गरेको छ । कोरोना भाइरसले विश्वव्यापी महामारीका रुपमा सृजना गरेको covid-19 को रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले गरेको लकडाउनको घोषणाका कारण उत्पन्न प्रतिकुल अवस्थावाट प्रभावित कामदार वर्ग तथा असहायहरुको दैनिक जीवन यापनको लागि जनचेतना तथा युवा जागरण मञ्च नेपाल (फाया नेपाल) ले डिसिएको सहकार्यमा कैलाली जिल्लाका विभिन्न नगर तथा गाउँ पालिका मार्फत राहत सामग्री वितरण गरेको हो ।

कोरोना माहामारिका कारण प्रभावित मुक्त कमैया,दलित,मजदुर ,अपांगता भएका व्यक्ति ,गर्भवती सुत्केरि भएका परिवारलाई मानविय सहयोग अन्र्तगत राहत सामाग्री एवं स्वास्थ्य संस्था र क्वारेन्टाईनहरुलाई स्वास्थ्य समाग्री वितरण गरेको हो ।

निरन्तरको लकडाउनका कारण दैनिक ज्याला मजुदरी गरेर जीवन निर्वाह गर्ने विपन्न समुदाय,मुक्त कमैया,दलित,मजदुर ,अपांग ,गर्भवती सुत्केरि भएका परिवारहरु अत्यन्तै समस्यामा परेपछि सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त राहत तथा स्वास्थ्य सामाग्री वितरण गरिएको फाया नेपालका कार्यक्रम निर्देशक धर्मराज पाठकले बताउनु भयो ।

यसक्रममा कैलारी गाउँपालिकामा १६० परिवार,गौरीगंगा नगरपालिकामा १६० परिवार र भजनी नगरपािलकामा १०५ परिवार गरी जम्मा ४२५ परिवारलाई राहत सामाग्री वितरण गरिएको फाया नेपालका अनुगमन तथा संचार संयोजक शेर वहादुर बस्नेतले जानकारी दिनुभयो । संयोजक बस्नेतका अनुसार राहत सामाग्रीमा प्रति व्यक्ति चामल ३० किलो,दाल ३ किलो, नुन २ किलो,चिनी २ किलो, तोरी तेल २ लिटर, चियापत्ति २५० ग्राम,हातधुने सावुन ७५ ग्राम ४ वटा,लुगा धुने सावुन ४ वटा, टुथपेष्ट २५५ ग्राम १ वटा,टुथव्रस ५ वटा,स्यानिटाजर आधा लिटर,स्यानिटरी प्याड २ प्याकेट,मास्क ५ वटा,थर्माेमिटर १ वटा रहेको छ ।

यसैविच राहत वितरण कार्यक्रममा कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले कोरोना महामारीको जोखीम र्पुण अवस्थामा फाया नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दे गाउँपालिकाका विपन्न समुदाय,स्वास्थ्य सस्था र क्वारेन्टाइनलाई गरेको सहयोग प्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

त्यसैगरी फाया नेपालले कोरोना भाइरसले विश्वव्यापी महामारीको रोकथाम तथा नियन्त्रणका लागि गोदावरी,गौरीगंगा, भजनी,घोडाघोडी नगरपालिका र कैलारी गाउँपालिका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ ।

हस्तान्तरण सामाग्रीमा पुर्णकद सुरक्षा गाउन थान २, पञ्जा २०० जोर,चस्मा थान २,जुत्ताको खोल जोर ५,टोपी थान १०,फोहर पाल्ने झोला थान १०० ,सर्जिकल मास्क थान १०० ,थर्माेमिटर टिपि५०० थान १,गमवुट जोर २, एन ९५ मास्क थान ५०,स्यानिटाइजर लिटर रहेको छ ।

त्यस्तै फायाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्नका लागि कैलालीको गोदावरी, भजनी, कैलारी, घोडाघोडीमा स्थापना गरिएका क्वारेन्टाइनहरुमा स्वास्थ्य सामग्रीहरु हस्तारण गरेको छ ।

जसमा तन्ना १०, शिरानी खोल १०, झुल १० ,स्यानिटाइजर २.५ लिटर,थर्माेमिटर टिपि५०० थान १, टर्च १० ,टुथपेष्ट ५० ग्राम १०, नुहाउने सावुन २०, लुगाधुने सावुन २०,टुथव्रस २० रहेको छ ।