अबशान उन्मुख नेपाली राष्ट्रवाद र भारतिय मिडिया

अबशान उन्मुख नेपाली राष्ट्रवाद र भारतिय मिडिया

प्रधानमन्त्री ओलीले आफ्नो क्याबिनेटबाट नेपालको नया नक्सा जारी गरे पस्चात धेरै नेपालीले उनलाई नेपाली राजनीतिको साहसिक पात्रको रुपमा चित्रण गरेका छन।

२००७ शाल देखी नै दिल्लीको प्रभावमा नतमस्तक हुँदै आयको नेपाली राजनीतिमा भारतका बिरुद्धमा गयर लिम्पियाधुरा सहितको नया नक्सा जारी गर्ने साहस सायदै कुनै पनि पक्ष/प्रतिपक्षमा रहेका ओलीका राजनैतिक समकालीनले गर्न सक्थे ।

तेसैले सत्ता होस या प्रतिपक्ष धेरै जसोले प्रधानमन्त्रीको अद्म्य साहसको खुलेरै प्रसंशा गरेका छन। आफ्नै पार्टी भित्रबाट ओलीको राजिनामा माग चर्किदै गएको बेला जारी भएको नया नक्सा प्रकरणले बिरोधीका गतिविधिमा समेत पुर्ण बिराम लगाएको छ। 

राजनीतिको यही भुलभुलैया बिच मनिषा कोईरालाको एउटा टुईट र नेपाली काङ्ग्रेसका नेता मिनेन्द्र रिजालले प्रारम्भमै भारतिय मिडियामाझ बोलेका शब्दले शुसुप्त रुपमा रहेको नेपाली राष्ट्रियताको बहसलाई चुचुरो पुगाईदियो।

भारतलाई कर्मभुमी बनाउदै आएकी मनिषाले ट्विट पश्चात् हुनसक्ने मिडिया बहसको आकलन गरेको हुनुपर्छ। तेस्तै सरकार सङ्ग तमाम बिमतीका बाबजुद नया नक्साको बिषयमा सरकारको समर्थनमा बोलेका रीजालले सामाजिक सन्जालमा केही दिन एक छत्र राज गरे।

मनिषाको ट्विट र मिनेन्द्र रीजालले बोलेका ती शब्द फगत एक ब्यक्तिका शब्द मात्रमा सिमित रहेनन, तमाम नेपालीले ती शब्दलाई राष्ट्रभक्तीको आधार स्तम्भ मान्दै सडक र सन्जालमा खुलेर समर्थन जनाए।

राष्ट्रबादको अनुपम उदाहरण बन्यो "सत्तामा ओली अनि प्रतिपक्षमा रीजालको बोली"। राष्ट्रबादको बहसले आम नेपालीलाई महसुस गरायो की लिम्पियाधुराबाट बगेको मुहानले केबल महाकालीको बगर मात्रै रङ्गाएको छैन, धेरै नेपालीका हृदयमा राष्ट्रियताको धार पनि जागृत गराएको छ।

यही बिच नयाँ नक्सालाई संविधानको अनुसूचिमा समावेश गर्न पुर्ब निर्धारीत संविधान संशोधनको प्रस्ताव गएको बुधबार कार्यसूचीबाट हटाईए सङ्गै ओलीको राष्ट्रवाद माथी संका जन्माएको छ। सरकार अनि प्रतिपक्षको राष्ट्रबादको अडान धर्मराउदै गएको आभाष हुदैछ।

प्रमुख प्रतिपक्षी कांग्रेसले केन्द्रीय कार्यसमितिमा उक्त विषयबारे छलफल गर्नका लागि समय मागेकाले अनुसूचीबाट हटाईएको भनिएता पनि काङ्ग्रेसले सो कुराको खण्डन गरेको छ। सत्तापक्ष र प्रमुख प्रतिपक्ष बिच यही बिषयलाई लियर दोहोरी चलिरहदा नेपाली जनताको हृदयमा पलाएको राष्ट्रबाद "पेण्डुलम" बन्ने अबस्थामा छ।

कार्यसूचीबाट संविधान संशोधनको बिषय हटेलगत्तै भारतीय मिडियाले नेपाल नयाँ नक्साबाट पछि हटेको र संविधान संशोधन हुन नसकेको बिषयलाई ठुलो कुटनैतिक जितको रुपमा दर्साईरहेका छन। दुई तिहाईको सरकारलाई संविधान सन्सोधनका लागी प्रतिपक्षको मुख ताक्नु पर्ने अबस्था किन आयो होला? भारतिय कुटनितिज्ञ एब नेपालका लागि पुर्ब राजदुत श्याम शरणको अचानकको काठमाडौ भ्रमणले ओलीको राष्ट्रवाद धरमराएको हो भन्ने  बहस चलेको छ।

जे होस बिषय रहस्यमयी बनेको छ। सरकारको पछिल्लो राजनैतिक कुटिल चालले आम जनतामा नैराष्यता छाएको छ साथै राष्ट्रवादका नाराहरु मुर्झाएका छन। जहाँ राष्ट्रवाद फगत राजनीतिको दाउपेच र हात्तीका देखाउने दात हुन्छन, त्यहा देशभक्तीका नाराहरुको अर्थ हुदैन सायद। 

भारतिय मिडियाले नेपाल र नेपालीको राष्ट्रियता/ सार्बभौमसत्ता माथी धावा बोली रहदा समेत हाम्रा ठुला भनिने सन्चार गृह, हाम्रा संचारकर्मी मुकदर्शक भईरहेने दृश्यले हरेकलाई स्तब्ध बनाउदै आएको छ। हामीले आफ्नो राष्ट्र र राष्ट्रियता खतरामा रहेको थाहा पाउन भारतिय मिडियाको साहारा लिनुपर्ने हाम्रो बाध्यता हो।

आम नेपालीले भारतिय मिडिया प्रती कृतघ्न हुन जरुरी यस अर्थमा देख्दछु कि हाम्रा राजनैतिक पार्टीहरु अनि नेताहरुको बास्तबिक अनुहारको पर्दाफास भारतिय मिडियाले नै गरीदिन्छन। धन्न भारतिय मिडिया छन र त नेपाली राजनीतिक पार्टीहरुको औकात बुझ्ने अबसर पाएका छौ।

भारतिय मिडियाले हाम्रो राष्ट्रियतालाई निरन्तर जिस्काईरदा पनि हाम्रा ठुला भनिने मिडिया र संचारकर्मी मौन हुँदै आएका कारणले यी सन्चार गृहमाथी भारतिय दुताबासबाट भत्ता बुझ्ने गरेको आरोप लाग्दै आएको छ।

यस्तो अबस्थामा हल्लाबोल भारतिय न्युज च्यानलहरु अनि प्रणब गोस्वामी, सुधीर चौधरी जस्ता सतही ज्ञानको आधारमा बोल्ने पत्रकार नभइदीएको भय के हुन्थ्यो होला? नेपाली नक्सामा समेट्न छुटाईएका लिम्पियाधुरा, लिपुलेक र कालापानीको राजनैतिक, एतिहासिक र भौगोलिक ज्ञान कति नेपालीले राख्थे होलान?

आज नेपालका अधिकाश मानिसहरु लिपुलेक,कालापानी र लिम्पियाधुराका बारेमा प्रयाप्त जानकारी राख्छन र यी क्षेत्रको एतिहासिक तथ्यमा टेकेर बहस गर्न सक्छन, जसको धेरै श्रय भारतिय मिडियालाई नै दिदा उपयुक्त हुन्छ।

भारतिय मिडियाले हाम्रो राष्ट्रियता अनि अहमतालाई चुनौती दिने प्रवृत्तिले नै हामीलाई बिषयबस्तु प्रती गम्भीर बन्न उत्प्रेरित गर्दछ, ईतिहास र तथ्य खोज्न मद्दत पुगेको छ। हामी भित्रको अबसान उन्मुख राष्ट्रियता अनि देशभक्तीलाई पुनर्जीवन दिने काम यीनै भारतिय सन्चार गृहका कटुवचनले गरीरहेका छन।

भारतिय मिडियाले नेपालको आलोचना र भारतको बचाउमा गरेका बहसबाट नेपाली जनतालाई आफ्ना नेताहरूलाई खबरदारी गर्न सहज बनेको छ, कुटनैतिक हिसाबले भारतिय सरकारलाई यो "आत्मघाती गोल" सरह हो।

संविधान सन्सोधनको प्रस्ताव नेपाली काग्रेसका कारण ससदमा प्रबेश नपाएको बिषय भारतिय न्युज च्यानलमा प्रसारीत भए पस्चात काङ्ग्रेस माथी राष्ट्रियताको सवालमा ब्याक नहुन संजालमा दवाब बढेको छ।

सोचनिय बिषय के हो भने यदी "काङ्ग्रेसको राष्ट्रियताको अडानलाई" सामाजिक संजालले टेको दियर जिबित राखिरहने हो भने पार्टीको अस्तित्वलाई आर्यघाटमा दागबत्ती दिए हुन्छ। कम्तीमा नेपालका कम्युनिस्टहरु भारतकै चारो खायर हुर्केका भय पनि परीस्थीती अनुकुल जनताका अघाडी मुख चोख्याउन त जानेका छन।

महाकाली सम्झौतामा जवानी बिताएका केपी ओली र माधब नेपाल अनि दिल्लीको छत्रछायामा हुर्केका प्रचण्ड, बाबुराम र माओवादी भनीनेहरु आखा झिम्क्याएरै भए पनि "भारतिय बिस्तारवाद मुर्दाबाद" भन्ने साहस बेलाबखत गरेकै हुन्छन।

हामीले यसैमा राष्ट्रियता खोज्नु पर्ने र रमाउनु पर्ने स्कुलिङ्ग बनेको छ। नेपाली राजनीतिको ईतिहासमा प्राय सबै मुद्दामा खरो उत्रिएको नेपाली काङ्ग्रेस यति निरीह र पानीमरुवा देखिनु समग्र लोकतन्त्र माथी खतराको घण्टी हो भनी बुझ्नु अतिसयोक्ती नहोला। 

कमजोर गृहकार्य र अदुरदर्शिताले कुनै पनि सङ्गठनलाई दिशाबोध गर्न सक्दैन। हाम्रो राष्ट्रियता सिक्किमीकरणको प्रबेश द्वार निकट जादैछ। संगठनको दिशाहिन अबस्थाले संगठन भित्रै सुषुप्त रुपमा लुकेका "लोण्डुप दोर्जेहरु" लाई जुरमुराउने अबस्था सिर्जना गर्नेछ। यी लोण्डुपहरु हरेक पार्टी भित्र, हरेक रुपमा ब्याप्त छन।

बिश्वका दुई ठुला महाशक्ति राष्ट्रका बिचमा गोर्खाली बहादुरीका कहानी अलापेर मात्र हाम्रो राष्ट्रियताको सरक्षण हुनसक्दैन। सरकारको संबेदनसिलता, राष्ट्रिय हित सहितको दुरदर्शि कुटनिती र प्रतिपक्षको निशर्त सहयोगले हाम्रो धरमराउदो राष्ट्रियतालाई बचाउन सकिनेछ।

अबसान उन्मुख नेपाली राष्ट्रियताको सरक्षण गर्नु हरेक राजनीतिक पार्टीहरुको दायित्व हो।

लोण्डुप प्रवृत्तिका बिरुद्द खबरदारी गरौ।।।

(लेखक धनगढी जेसिज बर्ष २०२० का कायर्कारी उपाध्यक्ष हुन् )