विद्युतीय मोटरसाइकलमा कति बढ्यो कर ?

विद्युतीय मोटरसाइकलमा कति बढ्यो कर ?

सरकारले विद्युतीय मोटरसाइकल तथा स्कुटरमा लाग्दै आएको कर बढाएको छ । सरकारले जेठ १५ गते ल्याएको आर्थिक वर्ष २०७७/७८ को बजेटले विद्युतीय मोटरसाइकल तथा स्कुटरमा लाग्दै आएको करमा वृद्धि गरेको हो ।

आर्थिक वर्ष २०७७/७८ को बजेट अनुसार विद्युतीय मोटरसाइकल तथा स्कुटरमा लाग्दै आएको सडक निर्माण दस्तुर बढाउने उल्लेख छ ।

यसअघि विद्युतीय मोटरसाइकल तथा स्कुटरमा लाग्दै आएको ७ हजार ५ सय सडक निर्माण दस्तुरलाई बढाएर १२ हजार रुपैयाँ पुर्‍याइएको छ । नयाँ विद्युतीय मोटरसाइकलको मूल्य अब कम्तीमा चार हजार पाँच सय रुपैयाँले बढ्नेछ ।

अहिले १ सय ५५ सीसीभन्दा कम क्षमताका मोटरसाइकलले १५ हजार सडक दस्तुर तिर्नुपर्छ । त्यस्तै १ सय ५६ सीसीभन्दा माथि २ सय ५० सीसीसम्मका मोटरसाइकलले १८ हजार र २ सय ५१ देखि ४ सय सीसीसम्मका मोटरसाइकलले ५० हजार सडक दस्तुर तिर्नुपर्ने व्यवस्था रहेको छ ।