गण्डकी विकास बैक अब धनगढीमा पनि

गण्डकी विकास बैक अब धनगढीमा पनि

धनगढी । नेपाल राष्ट्र बैक बाट 'ख' वर्गको इजाजत प्राप्त गण्डकी विकास बैकले आज देखी धनगढीबाट समेत विधिवत् रुपमा आफ्नो कारोवार थालेको छ । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आज एक समारोहका विच बैकको धनगढी शाखाको उद्घाटन गर्नुभएको हो । 
उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिदै मुख्यमन्त्री भट्टले बैकले यस क्षेत्रको समग्र विकासमा योगदान पुगाउन सक्ने गरि कामगर्न सुझाव दिनुभएको छ । सहज वित्तीय सेवा प्रदान गर्न आफुहरु प्रतिबद्ध रहेको बैकका प्रमुख कार्यकारी अधिकृत रमेश बाहादुर थापाले बताउनुभयो ।
 कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख र्निप ओडले जनताले महशुस गर्नेगरि सेवाप्रदान गर्न र सामाजिक उत्तरदायीत्व समेत बहन गर्न सुझाउनु भयो । यस क्षेत्रका औधोगीक, व्यापारिक एवम् कृर्षी क्षेत्रमा आर्थीक स्रोतको परिचालन गरी लगानीगर्न आफुहरु तत्पर रहेको बैकका धनगढी शाखा प्रमुख कृष्ण बहादुर बोहराले बताउनुभयो । 

धनगढीको चौराहा बाट बैकले आफ्नो कारोवार शुरुगरेको हो । पोखरामा प्रधान कार्यालय रहेको बैकंले देशभरी आफ्ना विभिन्न शाखा मार्फत कारोवार गरिरहेको छ । आगामी दिनमा प्रदेशका अन्य जिल्ला तथा स्थानिय तहमा समेत शाखा विस्तारकोपहल भैरहेको समेत बैकले जानकारी दिएको छ ।