मध्य र पश्चिमी क्षेत्रमा अपराह्नपछि चट्याङ सहित हावाहुरी र वर्षाको सम्भावना

मध्य र पश्चिमी क्षेत्रमा अपराह्नपछि चट्याङ सहित हावाहुरी र वर्षाको सम्भावना

आज (आइतबार) पनि देशका पूर्वदेखि पश्चिमसम्मै विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौमसविद्ले बताएका छन् ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले (आइतबार बिहान) देशैभर मौसम बदली भइसकेको छ।

‘पूर्वी क्षेत्रमा त अहिले बिहानैदेखि वर्षाको सम्भावना देखिएको छ,’ उनले भनिन्, ‘मध्य र पश्चिमी क्षेत्रमा भने अपराह्नपछि वर्षा हुने देखिन्छ।’

मध्य क्षेत्रअन्तर्गत काठमाडौं उपत्यकामा पनि आज अपराह्नपछि वर्षाको सम्भावना रहेको उनले बताइन्। प्रिमनसुन भएकाले साथमा हावाहुरी, मेघगर्जन/ चट्याङ सम्भावना पनि उत्तिकै हुने मौसमविद्ले बताएका छन्।