गुल्मीमा क्वारेन्टाइनमा बसेका एक व्यक्तिले गरे आत्महत्या

गुल्मीमा क्वारेन्टाइनमा बसेका एक व्यक्तिले गरे आत्महत्या

गुल्मीमा क्वारेन्टाइनमा बसेका  एक व्यक्तिले आत्महत्या गरेका छन् ।

 छत्रकोट गाउँपालिका–४ दिगामस्थित आदर्श माविको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय चन्द्रबहादुर परियारले आत्महत्या गरेका हुन् । उनी भारतबाट शनिवार बिहान मात्र आइपुगेर क्वारेन्टाइनमा बसेका थिए ।

साँझ परेपछि शौचालय जान्छु भनेर नजिकैको झाडीतर्फ गएका उनी धेरै बेरसम्म नआएपछि खोजी गर्दा २ सय मिटर टाढाको रूखमा झुन्डिएको अवस्थामा फेला परेको स्थानीयले बताएका छन् । आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन ।

परियार संगै  अरू छ जना दिल्लीबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।