विश्व दूध दिवसकै दिन खप्तड डेरिको दुधमा किरा भेटियो

विश्व दूध दिवसकै दिन खप्तड डेरिको दुधमा किरा भेटियो

धनगढी । आज जुन १, अर्थात् विश्व दूध दिवस ।  नेपालमा पनि दुग्ध पदार्थ उपभोग वृद्धि गर्ने उद्देश्यले सन् २०११ मा यो दिवस मनाउन थालिएको हो । आज कै दिन गोदावरी नगरपालिकामा रहेको खप्तड डेरी प्रालिद्वारा उत्पादित निको ब्रान्डको दुधको पोका भित्र किरा भेटिएको छ । 

धनगढी उपमहानगरपालिका ५ का उपभोक्ता तिलक बोगटी ले किनेको दुधमा किरा भेटिएको हो । खप्तड डेरीको दैनिक ढाई लिटर दुध उपभोग गर्दै आएका बोगटीले आईतबार बिहान दुध लिएका थिए ।

‘हरेक दिन झै दुध लिएर फ्रिजमा राखेका थियौ खोल्दा किरा भेटियो’ बोगटीर्ले  भने–‘यसरी दैनिक उपभोग्य खाद्य पदार्थमा किरा भेटिनु लापरवाही हो ।’ खप्तड डेरीको अधिकार प्राप्त व्यक्तीलाई गुनासो गर्दा कुनै प्रतिकृया नभएको उनको गुनासो छ ।

उता निको दुध उत्पादन गर्ने कम्प्नी खप्तड डेरी ईन्ड्रष्टीज प्रालीद्वारा जारी गरेको सुचनामा ४८ घण्टा भित्र प्रयोग गरिसक्नु पर्ने बताएको छ ।

तर, दुध उपभोक्ता बोगटीले भने खरिद गरेको ८ घण्टामै खोल्दा किरा भेटेको बताए । खप्तड डेरी उद्योग गोदावरी नगरपालिका वडा नम्बर ६ बडेहामा प्रशोधित तथा प्याकेजिङ्ग हुदै आएको छ । यो दुध सुदूरपश्चिका अधिकांश क्षेत्रमा वितरण हुदै आएको छ ।

दुधमा किरा भेटिएको बारेमा उत्पादक कम्पनीसँग बुझ्न खोज्दा कम्पनीकी लेखाफाट हेर्दै आएकी अनुपमा भट्टले उपभोक्ताबाट गुनासो आएकोले कसरी त्रुटी हनु आएको बारेमा अनुसन्धान हुन लागेको बताईन् ।

‘दैनिक हजार लिटर भन्दा बढी प्याकिङ्ग हुन्छ’ भट्टले भनिन् –‘प्याकिङ्ग गर्दा ¥यापर मार्फत गएको हुन सक्ने बताए ।’

उता खाद्य तथा गुण नियन्त्रण कार्यालयका खाद्य अधिकृत तथा सुचना अधिकारी दिपक कुँवरले दुध भित्र किरा भेटिनु खाद्य विरुद्धको कसुर मानिन्छ तर प्याकेट खेलिएकोले सोही बिक्रेताका अन्य प्याकेटका नमुना संकलन गर्न सकिने बताए ।

अहिलेसम्म दुधमा किरा भेटिएको सम्बन्धमा कुनै गुनासो नआएकोले आफु अनविज्ञ भएको सुचना अधिकारी कुँवरले जानकारी दिए ।