स्वरोजगार लाई प्राथमिकता दिदै सुदुरपश्चिम सरकारको निति तथा कार्यक्रम सार्वजनिक

स्वरोजगार लाई प्राथमिकता दिदै सुदुरपश्चिम सरकारको निति तथा कार्यक्रम सार्वजनिक

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७ र०७८ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले २०७७ र ७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो  ।

 नीति तथा कार्यक्रम अनुसार सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको गोदावरीमा हरित, प्रदूषण मुक्त र वन्यजन्तुको सुरक्षित करिडोर सहितको राजधानी निर्माण गरिने भएको छ । 

कार्यक्रममा विदेशबाट फर्केकाहरुलाई कृषिलगायत स्वरोजगारका कार्यक्रममा जोड्ने र त्यसका लागि स्वरोजगार कोषमार्फत विनाधितो ऋण प्रवाह गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

स्वदेश फर्केकाहरुलाई कृषि र गैरकृषिमा आवद्ध हुने गरी कार्यक्रम ल्याइने छन् । रोजगारी सिर्जनासँगैै कृषिलाई व्यवसायीक बनाउनका लागि किसानलाई कृषि ऋण दिने घोषणा पनि सरकारले गरेको छ । 

 

स्वदेश फर्केकाहरुलाई कृषि र गैरकृषिमा आवद्ध हुने गरी कार्यक्रम ल्याइने छन् । रोजगारी सिर्जनासँगैै कृषिलाई व्यवसायीक बनाउनका लागि किसानलाई कृषि ऋण दिने घोषणा पनि सरकारले गरेको छ । 

 

कृषि श्रणमा ब्याजमा अनुदान दिइने जनाइएको छ।  मल, बीउ, कृषि उपकरण तथा कृषि कार्यका लागि उपयोग गरिने विद्युत शुल्कमा अनुदान दिने कार्यक्रम पनि बजेटमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।स्वरोजगारी र रोजगारी सिर्जना गर्ने उद्यम र उद्यमीलाई पनि प्रोत्साहनका कार्यक्रम ल्याइने सरकारले जनाएको छ ।

 

 यस्तै बस्तुको उत्पादन, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रीत रहने गरी सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने भएको छ । 

 प्रदेश प्रमुख सर्मिला कुमारी पन्तले प्रदेश सभामा सोमबार प्रस्तुत गरेको प्रदेश सरकारको नीति तथा कार्यक्रममा उत्पादनमुलक उद्योग र कृषि क्षेत्रलाई प्राथमिकता दिइएको छ  ।