क्वारेन्टिनबाट घर फर्किदै गर्दा बाटोमै मृत्यु

क्वारेन्टिनबाट घर फर्किदै गर्दा बाटोमै मृत्यु

काठमाडौ  । स्याङ्जाको फेदीखोला गाउँपालिकास्थित सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिनबाट घर जाँदै गरेका एक व्यक्तिको बाटोमै मृत्यु भएको छ ।

यही जेठ १३ गते भारतबाट सुनौली नाका हुँदै स्याङ्जा आएका फेदीखोला गाउँपालिका–२ का ५० वर्षीय खड्कबहादुर कार्की १४ गतेदेखि गाउँपालिकाको क्वारेन्टिनमा बसेका थिए ।

मृत्युपश्चात आज पुनः स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाले जनाएको छ ।