गोजुरियो युजेनकाई संघको जिल्ला कार्यसमिति गठन

गोजुरियो युजेनकाई संघको जिल्ला कार्यसमिति गठन

धनगढी : कैलाली जिल्ला गोजुरियो युजेनकाई संघको जिल्ला कार्यसमिति गठन गरिएको छ । 

नेपाल गोजुरियो कराते दो युजेनकाइ संघको विकास र बिस्तारका क्रममा कैलालीमा पनि जिल्ला कार्यसमिति गठन भएको हो । संघले कैलालीमा १३ सदस्य जिल्ला कार्यसमिति गठन गरेको छ । 

जिल्लाकार्य समितिको अध्यक्षमा धनन्जय कठायत भएका छन भने उपाध्यक्षमा प्रदिप पाठक, पवनराज गिरी चयन भएका छन । 

यस्तै सचिवमा तेज नागरी, सह सचिबमा डिम्पल चन्द र कोषाध्यक्षमा दिनेश पाण्डे चयन भएका छन्। 

संघको सदस्यहरुमा भरत शर्मा, सुरेश बोगटी, जनक जोशी, दिनेश ठकुल्ला, चन्द्र धमला, सुरज कुस्मी र कलक  सिंह रहेका छन् ।