भ्यानले किचेर बालिकाको मृत्यु

भ्यानले किचेर बालिकाको मृत्यु

कञ्चनपुर : म्याजिक भ्यानले किचेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुरका पाँच वर्षीया निशा जोशीको सोमवार  मृत्यु भएको छ ।

झलारी बजारबाट शान्तिपुर जाँदै गरेको से१ज ९०२ नंको भ्यानले झण्डाबोझ चोकमा किचेर बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो । 

बालिकाकी आमाले म्याजिक चालकलाई भाडाबापतको रकम दिँदै गर्दा बालिका भ्यानको अगाडि आउँदा चालकले असावधानीपूर्वक गाडी चलाएपछि किचिएको बताइएको छ । मृतक बालिकाको शव परीक्षणका लागि कैलालीको सेती अञ्चल अस्पताल पु¥याइएको छ ।