बेला बेलामा हुने पेट्रोलियम पर्दाथको अभाव अन्त्यका लागि पहल गरिदिन उपभोक्ताकोे आग्रह

बेला बेलामा हुने पेट्रोलियम पर्दाथको अभाव अन्त्यका लागि पहल गरिदिन उपभोक्ताकोे आग्रह

धनगढी : केही दिन यता कैलालीमा पेट्रोलियम पर्दाथको हाहाकार भएको छ । नेपाल आयल निगम क्षेत्रिय कार्यालय धनगढीले तिहारको बेला पेट्रोलियम पदार्थको अभाव नहुने दावी गरेपनि उक्त समयमा अभाव भएको हो ।

हालपनि पेट्रोलियम पर्दाथको अभाव कायमै छ । धनगढीको अधिकाश पेट्राल पम्पमा पेट्रोल छैन । एक दुईमा केही मात्रामा पेट्रोल भएपनि पेट्रोलका लागि घण्टौ लाईनमा लाग्नुपर्ने बाध्यता छ । मल्ल आयल स्टोरमा एक घण्टा लाइनमा लाग्दा पनि पेट्रोल पाउन नसकेको एक जना मोटरसाईकल चालक मोहन डगौराले गुनासो गर्नुभयो । 



डगौरा जस्तै सयौ व्यक्तिले पेट्रोलका लागि लाईनमा लाग्नु परेको छ । धनगढीमा पर्याप्त मात्रामा भण्डारण क्षमता नहुदा बेला बेलामा पेट्रोलियम पर्दाथको अभाव हुने गरेको छ । त्यसैले बेला बेलामा हुने पेट्रोलियम पर्दाथको अभाव अन्त्यका लागि पहल गरिदिन धनगढीका खुसी राम चौधरीले आग्रह गर्नुभयो ।

नेपाल आयल निगम क्षेत्रिय कार्यालय धनगढीमा पेट्रोलियम पर्दाथको भण्डारण क्षमता ७० के एल भएकै कारण डिजेलभन्दा पेट्रोलको समस्या हुने गरेको पाईएको छ ।

 यता नेपाल आयल निगम क्षेत्रिय कार्यालय धनगढीका प्रमुख शर्पराज शर्माले भने सनिवार र आईतवार भारतबाट लोड नभएकै कारण एक दुई दिन समस्या भएको बताउनुभयो । शनिवार नेपालामा बिदा र आईतबार भारतमा बिदा भएको कारणले लोड हुन नसक्दा अभाव भएको उहाले बताउनुभयो ।

उहांले  २ सय के एल लोड भईसकेको र मगलवार भारतबाट पेट्रोल नेपाल पुग्ने भएकाले मगलवारदेखि पेट्रोलियम पर्दाथको अभाव नहुने दावी गर्नुभएको छ ।