कञ्चनपुरको पुनर्वासमा मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

कञ्चनपुरको पुनर्वासमा मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

पुनर्वास : कञ्चनपुरको सीमान्त दक्षिणी क्षेत्र पुनर्वासमा शान्ति सुरक्षा र अपराधिक गतिविधि नियन्त्रणमा सक्रिय बनेको प्रहरीले मोटरसाइकल चोरी गर्ने दुई जनालाई सोमबार पक्राउ गरेका छ ।

हप्ता दिन अघि चरश र लागुऔषध तथा ओसारपसारमा सकृय गिरोह पक्राउ गरेर चर्चामा आएको ईलाका प्रहरी कार्यालय पुनर्वास सोमबार चोरी गरेको मोटरसाइकल सहित चोरलाई पक्राउ गरे संगै चर्चामा आएको छ ।

मोटरसाइकल चोरी धन्दामा संलग्न रहेका पुनर्वास नगरपालिका–६, का २२ वर्षीय निरज श्रेष्ठ र पुनर्वास नगरपालिका–१ पुरैनाका २४ वर्षीय सुरेन्द्र रानालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय पुनर्वासले जनाएको छ ।

कार्तिक २२ गते राती ९ः३० बजे घरको आँगनबाटै पुनर्वास नगरपालिका–६, प्रतिभानगरका खेमराज श्रेष्ठको २२० सी.सी.को अनटेस्ट पल्सर मोटरसाइकल हराएको उजुरीको आधारमा प्रहरीले अनुसन्धान गर्दै जाँदा हराएको मोटर साइकलसहित उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु बिरुद्ध चोरीको मुद्दासमेत दायर भइसकेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी नायब निरीक्षक गणेश खडायतले जानकारी दिनुभयो ।