सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री सोडारी हटाईए

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री सोडारी हटाईए

धनगढी : सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीलाई हटाइएको छ ।

तिहारका बेला मन्त्रीको गाडी दुर्घटना सम्बन्धी प्रकरणमा मुछिएपछि मन्त्री सोडारीलाई प्रदेशको मन्त्रीपरिषद् तथा मुख्यमन्त्री कार्यालयले हटाएको हो ।

मन्त्रीले प्रयोग गर्ने गाडी दुर्घटना भएको प्रकरणका कारण पार्टीको निर्देशनमा सोडारीलाई मन्त्रीबाट हटाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्रोतले जनाएको छ ।

तिहारका बेला मन्त्री सोडारी चढ्ने बा २ झ ३१२५ नम्बरको स्कारपियो जिपले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते भएका थिए ।

दुर्घटनाका बेला मन्त्री सोडारी गाडीमा नरहेको बताइएपनि स्थानीय बासिन्दाले मन्त्री गाडीभित्रै रहेको दाबी गर्दै आएका थिए ।

सो दुर्घटनामा परी जिप चालक गोदावरी नगरपालिकाका धोजेन्द्र शाही, उहाँकी भान्जी नाता पर्ने १० वर्षीया आयुश्मा शाही र से ३ प २४२० नम्बरको मोटरसाइकलका चालक गौरीगंगा नगरपालिकाका सुरेन्द्र चन्द घाइते भएका थिए ।