कैलालीमा लकडाउनको मौका छोपी नदिजन्य पदार्थको अबैध निकासी (फाेटाे फिचर)

कैलालीमा लकडाउनको मौका छोपी नदिजन्य पदार्थको अबैध निकासी (फाेटाे फिचर)

धनगढी । लकडाउनको बेलामा समेत कैलालीका बिभिन्न खोला नालामा अवैध तरिकाले तिब्र रुपमा दोहन भैरहेको छ । जिल्लामा नियमन गर्ने निकाएको लार्पवाहीका कारण नदिजन्य पदार्थको अबैध निकासी बढेको हो ।

कोरोना भाइरस महामारीका कारण देश लकडाउनमा रहेको बेला कैलालीमा मापदण्ड विपरीत खोला उत्खनन् भइरहेका छन् ।
केही दिनयता अनुमतिविना नदीको धार र स्वरुप परिवर्तन हुने गरी डोजरको प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन गर्दै आएका छन् ।

जथाभावी रुपमा नदीजन्य पदार्थ उत्खनन गर्दा नदीको धार परिवर्तन भई कटानको जोखिम बढेको छ । 
कैलालीको खुटिया लगायतका नदिहरुमा नियम बिपरीत अबैध रुपमा गिट्टी ,बालुवा उत्खनन भईरहेको छ ।

खुटिया लगायतका विभिन्न नदिहरुबाट नियम बिपरीत दैनिक रुपमा सयौं टिपर तथा ट्याक्टरमा गिट्टी,बालुवा तथा ढुंगा निकासी भैरहेको छ । अवैधरुपमा निकासी हुदाँ नदि किनारमा ठूला–ठूला खाडल बनेका छन् । 

जिल्ला समन्वय समिति र ठेकेदार कम्पनी बिच भएको सहमताीमा बातावरणीय प्रभाव मुल्याङकनको ब्यवस्था भए बमोजिमको उपकरण प्रयोग गरेर मात्रै गिट्टी बालुवा झिक्न मिल्ने उल्लेख छ । तर ठेकेदारहरुले एक्साभेटर (च्यान वला डोजर) प्रयोग गरेर धमाधम गिट्टी बालुवा निकासी गरिरहेका छन् । 

शनिवार खुटीया नदिमा पुग्दा च्यान वला एक्साभेटर तथा डोजर प्रयोग गरि धमाधम गिट्टी बालुवा उत्खनन् भईरहेको थियो । दर्जन बढी टिपर तथा ट्याक्टरहरले धमाधम गिट्टी बालुवा ओसारीरहेका थिए ।

जिल्ला समन्वय समिति कैलालीका प्रमुख सुर्यबहादुर थापाले अनुगमन समितिले निरिक्षण गर्ने गरेको र नियम बिपरीत त्यस्तो गरेको भेटिएमा कार्वाही गर्न बताए ।

कैलालीमा नदि दोहनका काम बिगत देखिनै हुने गरेका हुन् तर नियमन गर्ने निकायनै उनिहरुकै इसारामा चल्ने गरेको जनगुनासो छ । सर्त अबधी केही दिनमात्र बाँकी रहेको यो समयमा धेरै निकासी गर्न ठेकेदार कम्पनीले सबैखाले उपायहरु अबलम्बन गरेको देखिन्छ । धमाधम अबैध उत्खनन् गरिँदासमेत स्थानीय प्रशासन मौन छ भने नवनिर्वाचित जनप्रतिनिधिले पनि ध्यान दिएका छैनन् ।