नेवि संघ नेता दिपेन्द्र सिहँको पहलमा बडिकेदार गाउँपालिकालाइ बिभिन्न सामाग्री सहयोग

नेवि संघ  नेता दिपेन्द्र सिहँको पहलमा बडिकेदार गाउँपालिकालाइ बिभिन्न सामाग्री सहयोग

डोटी ।  नेवि संघ डोटीका नेता दिपेन्द्र सिहँको पहलमा बडिकेदार गाउँपालिकालाइ बिभिन्न सामाग्री सहयोग गरिएको छ ।  

देश तथा बिदेशमा रहेका युवाहरुको सहयोगमा बडिकेदार गाउँपालिकालाई सामाग्री सहयोग गरिएको हो । गाउँपालिकालाई १५० वटा कम्मल १ रोल पिफम ५० मिटर हस्तान्तरण गरिएको नेवि संघ डोटीका नेता दिपेन्द्र सिहँले बताए ।

 उनका अनुसार नेपाली कांग्रेस डोटीका सभापति प्रदिप देउवाद्धारा गाउपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दलाई हस्तान्तरण गरिएको हो । विपतको वेला गाँउपालिकालाई सहयोग गरेकामा चन्दले सबैलाई धन्याबाद दिए ।

सहयोग कार्यक्रममा लक्ष्मण सिंह , नारायण जोशी गाउँपाल  अधिकारी, बोगटान गाउँपालिकाका अध्यक्ष , नेपाली कांग्रेसका नेता सुशील घर्ती , ललित बलायर, ने बि संघका नेता गणेश शाहीको सहभागी रहेको थियो।

यस अघि पनि  सिहँको पहलमा डोटीका बिभिन्न स्थानीय तहहरुलाई खाद्यान्न वितरण,क्वारेन्टाईनमा बसेकालाई किताव बितरण गरिएको थियो ।