स्वर्गीय हेम मल्लको दोस्रो पुण्य तिथि को अवसर पारी दृष्टि फाउण्डेसनलाई आर्थिक सहयोग

स्वर्गीय हेम मल्लको दोस्रो पुण्य तिथि को अवसर पारी दृष्टि फाउण्डेसनलाई आर्थिक सहयोग

धनगढी : स्वर्गीय हेम मल्लको दोस्रो पुण्य तिथि को अवसर पारी  मगंलवार कैलालीकोे वसन्त टोल मा रहेको दृष्टि फाउण्डेसन नेपाल मा रहेका १७ जना घरबारबिहिन महिलाहरुलाई  फलफुल बितरणगर्नुका साथै ७ हजार रकम सहित सहयोग गरेकी छन ।

उक्त रकम सस्थाकी अध्यक्ष कल्पना भट्ट लाई स्वर्गीय हेम मल्लकी धर्म पत्नी अनिता खनियाले सहयोग गर्नुभएको थियोे ।

दृष्टि फाउण्डेसन सस्थामा १७ जना घरबार बिहिन महिला हरु सङ्ररक्षित छन । उहाँहरुको सेवाका लागि ११ जना सदस्यले हेरफेर गरि रहनुभएको छ ।

हेम मल्ल कि धर्म पत्नी अनिता ले स्वर्गीय पतिको सम्झनामा विभिन्न फाउण्डेसन सङ्गै पुरस्कार हरु स्थापना का साथै यस्तै अवसर पारी विभिन्न रुपले सहयोग गरिरहनु भयको छ ।

स्वर्गीय हेम मल्ल २०७३ कार्तिक २० गते कैलालीको गेटामा मोटरसाकल दुर्घट्ना मा परि ज्यान गुमाउनुपरेको थियो ।