विष्टले राहत र क्षतिपूर्ति पाउनुपर्ने परिवारको माग

विष्टले राहत र क्षतिपूर्ति पाउनुपर्ने परिवारको माग

कञ्चनपुर : कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार हत्याकाण्डमा प्रहरीले दोषि करार गराउन खोजेका दिलिप सिंह विष्टले राहत र क्षतिपूर्ति पाउनुपर्ने माग उहाको परिवारले अघि सारेका छन्। 

मानसिक सन्तुलन ठिक नभएका भीमदत्त नगरपालिका १९ बाँगफाँटाका ४१ वर्षीय दिलिपलाई प्रहरीले ४ भदौँमा निर्मला हत्याको मुख्य दोषि ठहर गर्दै सार्वजनिक गरेको थियो । 

दिलिपका दाजु खडक सिंह विष्टले अरु पीडित जस्तै आफ्नो भाइले पनि राहत र क्षतिपूर्ति पाउनुपर्ने बताउनुभयो । 

जघन्य अपराध जवर्जस्ती स्वीकार्न लगाउँदा भाईको मानसिक सन्तुलन झन बिग्रीएको, बिना दोष परिवारको बदनाम गरिएको उहाको गुनासो छ । 

पक्राउ परेको समयमा कुटपिटका साथै यातना दिएर स्वस्थ्य अवस्था विग्रीएकोले ऋण काटेर दिलिपको उपचार गराइरहेको बताउनुभयो । दिलिपको हाल त्रिबि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

दिलिपलाई ४ भदौँमा कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको थियो, डिएनए नमिलेपछि उहालाई प्रहरीले सरकारी वकिल कार्यालयको अनुमतीमा २५ भदौमा थुनामुक्त गरेको थियो ।