दैनिक छाक टार्न समस्यामा परेका अपागंता भएका ब्यक्तीहरुलाई राहत सामग्री सहयोग

दैनिक छाक टार्न समस्यामा परेका अपागंता भएका ब्यक्तीहरुलाई राहत सामग्री सहयोग

धनगढी : लकडाउनका कारण दैनिक छाक टार्न समस्यामा परेका अपागंता भएका ब्यक्तीहरुलाई राहत सामग्री सहयोग गरिएको छ । लुथरन वर्ल्ड फेडेरेशन नेपालको सहयोगमा, दिगो बिकाश समाज कैलालीको साझेदारी र धनगढी उप महानगरपालिका द्वारा सर्बाङिण अपाङ्गता बिकाश समाज नेपालले उक्त राहत सामाग्री सहयोग गरिरहेको हो ।

धनगढी उप महानगरपालिका भित्रका बिभिन्न वडामा रहेका अपागंता भएका ब्यक्तीहरुलाई दैनिक उपभोग्य सामग्री राहत स्वरुप सहयोग गरिरहेको संस्थाले जनाएको छ । देशमा लकडाउन भएको साढे २ महिना बितिसक्दासम्म अपांगता भएका ब्यक्तीहरुलाई दैनिक गुजरा चलाउन समस्या परेको बिषयलाई मध्य नजर गर्दै लुथरन विश्व फेडेरेशनले राहत सामग्री सहयोग गरेको हो ।

धनगढी उप महानगरपालिकाका १७ वटा वडामा राहत वितरण कार्यक्रम राखेर फेडेरेशनले राहत वितरण गररहेको हो । पारिवारिक अवस्था कमजोर भएका अति अशक्त अपांगता भएका ५१ जनालाइ बुधबार मात्रै राहत सहयोग गरेको सर्बाङिण अपाङ्गता बिकाश समाज नेपालका कार्यकारी निर्देशक नन्दराज भट्टले बताए ।

नेपाल सरकारको मापदण्डअनुसार ३०किलो चामल ,३ किलो दाल , नुन २ पाकेट , खाने तेल २ लिटर , साबुन ४ पिस, मास्क ५ पिस र सेनेटाइजर सहयोग गरेको उनले बताए । गरिब अशक्त अपांगता भएका ब्यक्तिहरु लाभान्वित हुने र अपांगताको छनौट प्रक्रिया उनीहरुको आर्थिक अवस्था, पारिवारिक अवस्था र अशक्तताको मापन गरि तय गरिएकोे जानकारी दिएका छन ।

उप महानगरपालिकामा लक डाउन बाट प्रभावित करिब १ हजार ९ सय ६० जना रहेको र अझै त्यस्ता ब्यक्तिहरुलाई तत्कालीन राहत सहित आय आर्जन र शक्तिकरणको आवस्यकता महशुस भएकोले यो अभियानमा सबैको सहयोगका लागी आग्रह समेत गरेका छन । संस्थाबाट उपलब्ध सहयोगबाट धेरै राहत मिल्ने अपागंता भएकाहरुले अपेक्षा गरेका छन् ।

बिभिन्न संघ संस्थाको सहयोगले समस्यामा परेका नागरिकहरुलाई राहत उपलब्ध गराउन धेरै सहज भएको जनप्रतिनिधीहरुले बताएका छन् ।

यस्ता संघ संस्थाले सहयोग गर्दा अपांगता भएका ब्यक्तीहरुले निकै राहत महसुस गरेको उपमहानगरपालिका ६ का अध्यक्ष भागिराम चोधरी र १५ का अध्यक्ष फुलराम चौधरीले बताएका छन् । बढी समस्यामा रहेका ब्यक्तीलाई अन्य क्षेत्रबाटपनि सहयोग हुने उनिहरुको अपेक्षा छ ।