सुदूरपश्चिममा नागरिकको सुरक्षामा खटिएका सुरक्षाकर्मी आफै असुरक्षित

सुदूरपश्चिममा नागरिकको सुरक्षामा खटिएका सुरक्षाकर्मी आफै असुरक्षित

धनगढी : महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न अग्रपंंतिमा रहेर काम गर्ने सुरक्षाकर्मी समेत जोखिमा परेका छन । व्यक्तिगत सुरक्षा सामाग्रीको अभावले सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउमा खटिएर काम गर्ने सुरक्षाकर्मी जोखिममा परेका हुन ।

विशेष गरी सिमानाकामा खटिएका सुरक्षाकर्मी उच्च जोखिममा परेका हुन । कञ्चनपुरमा भने दुई जना महिला र एक जना पुरुष गरी ३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । सिमामा र क्वारेन्टाईन स्थिलमा खटिने सुरक्षाकर्मी त झनै समस्यामा परेका छन ।

उनीहरुले नागरिकको सुरक्षा गर्दा गर्दै स्वास्थ्य सामाग्री अभावले आफुहरु नै जोखिममा पर्न थालेको गुनासो गरेका छन । सरकारले सुरक्षाकर्मीका लागि आवश्यक मात्रामा सुरक्षा सामग्री उपलब्ध गराउन नसक्दा संक्रमणको खतरा बढ्दै गएका हो ।

विशेष गरी नेपाल भारत सिमामा खटिएका सुरक्षाकर्मी जोखिममा परेका छन । उनीहरु सामान्य सर्जिकल मास्कको भरमा सिमामा डिउटी गरिरहेका छन । भारतबाट हजारौको संख्यामा नागरिकहरु स्वदेश फर्कि रहदाँ सिमामा सुरक्षाकर्मी व्यक्तिगत सुरक्षाका स्वास्थ्य सामाग्री विना नागरिकको भिडलाई व्यवस्थापन गरिरहेका छन ।

सिमानाका र क्वारेन्टाईन जस्ता अति संवेदनशील क्षेत्रमा खटिने सुरक्षाकर्मी नै संक्रमित हुन थालेपछि समुदायमा समेत त्रास फैलिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले बताए । उनले भने, ‘सुरक्षाकर्मीहरु नागरिकको प्रत्यक्ष सम्पर्कमा रहने भएकोले संक्रमणको जोखिम बढेको भन्दै स्थानिय त्रसित बनेका छन ।’ 

यस्तै भारत सँग सिमा जोडिएको कञ्चनपुर जिल्लामा भने तीन जनामा संक्रमण पुष्टि भईसकेको छ । सुरक्षाकर्मीलाई आवश्यक पर्ने सामग्री पर्याप्त मात्रामा नभएकोले जोखिम बढेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले बताए । ‘सुरक्षा सामाग्री अभावका बाबजुद पनि सेवामा खटिनुपर्ने बाध्यता छ,’उनले भने,‘श्रोत साधनको उच्चतम प्रयोग गरी सेवा दिनु परेको छ ।’ 

सुरक्षा सामग्री अभाव संगै सामाजिक दुरी कायम नहुँदा समेत कोरोनाको जोखिम बढेको छ । सिमा नाकामा भिड नियन्त्रण गर्नुपर्ने भएकोले चाहेर पनि दुरी कायम गर्न नसकिने सुरक्षाकर्मी बताउछन् । ‘कोरोना भाईरस रोकथाम तथा नियन्त्रणमा स्वास्थ्यकर्मी पछि अग्रपंतीमा रहेका सुरक्षाकर्मीहरु अत्यन्तै जोखिममा रहेका सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख उत्तमराज सुवेदीले बताए ।

सरकारले सुरक्षाकर्मीलाई आवश्यक पर्ने सुरक्षा सामग्री उपलब्ध गराउन नसक्दाँ संक्रमणको जोखिम बढेको छ । तर सुदुरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुरक्षाकर्मीका लागी व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामाग्रीको अभाव नरहेको जाएको छ । मन्त्रालयका प्रवक्ता तेज प्रकाश जोशीले स्वास्थ्य सुरक्षाका सामाग्रीको अभाव नरहेको समेत दावी गरे ।