भीरबाट लडेर एक युवकको मुत्यु र एकजना घाइते

भीरबाट लडेर एक युवकको मुत्यु र एकजना घाइते

बैतडी : भीरबाट लडेर एक युवकको ज्यान गएको छ । एक युवक घाइते भएका छन् । ज्यान जानेमा सिगास गाउँपालिका ५ का १९ वर्षीय बिरे चुनारा रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज  जोशीले जानकारी दिनुभयो ।

मंगलबार राति सिगास गाउँपालिका ३ मा रहेको भूमिराज मन्दिर डुडैमा लागेको जात्रा हेर्न गएका युवाहरुले जुवातास खेलिरहेको भन्ने सूचना पाएपछि प्रहरी टोली पुगेको थियो । प्रहरीको टोली पुगेपछि भागाभाग हुँदा चुनारा भीरबाट खसेका थिए ।

त्यस्तै, भाग्ने क्रममा सिगास ५ का ३४ वर्षीय पते दमाई घाइते भएको प्रहरीले जनाएको छ ।