सबैको रोजाई बन्दै कैलालीको  चिसापानी (फाेटाे फिचर)

सबैको रोजाई बन्दै कैलालीको  चिसापानी (फाेटाे फिचर)

कैलाली : कैलाली र बर्दिया जिल्लाको सीमानामा पर्ने कर्णाली नदीमा रहेको चिसापानी पुल सबैको रोजाई बन्दै गएको छ ।

सन १९९४ मा बनेको  चिसापानीको मुख्य आर्कषक बनेको छ । कर्णाली नदीमा पाँच सय मिटर लामो यो पुल बनेपछि सुदूरपश्चिमको पूर्वतिर आवतजावत सजिलो भएको छ ।

पुल नबन्दासम्म डुङ्गाको भरमा कर्णाली तरेर आवतजावत गरिएको बताईन्छ । जापानको कावासाकी हेभी इण्डष्ट्रिजले एउटै पिल्लरमा अडेको नमुना पुल बनाएको हो ।

यस प्रकारको पुल एसियामा दुई वटा मात्रै रहेको बताइएको छ ।

एक पिल्लरमा मात्रै बनाइएको नमुना पुल हेर्नका लागि विभिन्न स्थानबाट पर्यटकहरु समेत आउने गरेका छन् ।