रुकुम हत्या काण्ड : कैलालीमा संघर्षका कार्यक्रम स्थगित

रुकुम हत्या काण्ड : कैलालीमा संघर्षका कार्यक्रम स्थगित

धनगढी : गत जेठ १० गते भएको रुकुम हत्या काण्डका दोषीलाई कार्वाहीको माग गर्दै कैलालीमापनि दिनहुँ भइरहेका संघर्षका कार्यक्रम स्थगित भएका छन् । संसदिय छानबिन समिति बनाएर निश्पक्ष छानबिन हुनुपर्ने माग राख्दै धनगढीमापनि बिभिन्न संघर्ष समितिहरुले दैनिक रुपमा आन्दोलन गरिरहेका थिए ।

प्रतिनिधीसभा सदस्य देवेन्द्र पौडेलको संयोजकत्वमा संसदिय छानबिन समिति बनेसंगै कैलालीको धनगढीमा भइरहेको धर्ना समेत स्थगित भएको छ । १९ दिनसम्म सञ्चालित धर्नाका कार्यक्रम संसदिय समिति बने पश्चात स्थगित गरेको दलित मुक्ती मोर्चा नेपालका कैलाली सचिव देब बहादूर बिकले बताए ।

संसदिय समितिलाई छानबिन गर्दासम्म धर्नाका कार्यक्रम स्थगित गरिएपनि आन्तरिक रुपमा दवाव दिने कार्यक्रम निरन्तर रहने उनले बताए । प्रेम बिबाह गरेकै बिषयमा ६ जनाको ज्यान जानेगरी भएको घटनालाई कुनै तोडमतोड नगरी निस्पक्ष छानबिन हुनुपर्नेमा दलित अगुवाहरुले जोड दएका छन् ।

सरकारले आफ्ना माग अनुसार संसदिय समिति बनाएर छानबिन थालेपछि केही आश पलाएको उनिहरुले बताएका छन् । निस्पक्ष अनुसन्धान गरी अपराधीलाई कानुनी दायरामा नल्याए सशक्त रुपमा उत्रिने दलित संघ कैलालीका अध्यक्ष प्रेम बिकले बताए ।

रुकुममा घटेको घटनाले समाजमा बाहिरि रुपमा छुवाछुत अन्त्य भएपनि मनबाट छुवाछुत हट्न नसकेको कुरा प्रस्ट भएको दलित अगुवाहरु बताउँछन् । कानुनमा छुवाछुत गर्नेलाई कडा कार्वाही उल्लेख गरेपनि कानुनको पुर्ण कार्यान्वयन नहुँदा यस्ता घटना घटिरहेको उनिहरुले बताएका छन् ।

यस्ता घटना घट्न नदिन कानुनको पुर्ण कार्यान्वयन र छुवाछुत मनबाटै त्याग्नुपर्नेमा उनिहरुले जोड दिएका छन् ।