नेवि संघले पीसीआर परिक्षणको दायरा बढाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन र संकलित पैंसा पठाईयो

नेवि संघले पीसीआर परिक्षणको दायरा बढाउन माग गर्दै प्रधानमन्त्रीलाई  ज्ञापन र संकलित पैंसा पठाईयो

पीसीआर परिक्षणको दायरा बढाउन माग गर्दै प्रधानमन्त्रीलाई  ज्ञापन पत्र र एक रुपैंया अभियानबाट संकलन गरिएको पैंसा पठाईएको छ । नेपाल विद्यार्थी संघ डोटीले जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र र ‘रू।१ चन्दा अभियान’ बाट संकलन गरिएको रकम पठाएको हो ।

नेवि संघले बुधबार डोटीमा पिसिआर खरिदका लागि सरकारलाई पठाउँने भन्दै ‘रू।१ चन्दा अभियान’ सञ्चालन गरेको थियो ।

पीसीआर मेशिन खरिदको लागि दबाब दिने उद्देश्यले सो अभियान सुरू गरेको नेविसंघ डोटीका अध्यक्ष गणेश खड्काले बताए । ‘सरकार जनताप्रतिको दायित्वमा उदासिन देखिएको छ,’उनले भने,’भ्रष्टाचार गर्न जुनसुकै हदपनि पार गर्न नहिच्किने सरकारले आरडिटीका नाममा गरिरहेको भ्रष्टाचार हटाउन र जनताप्रति जिम्मेवार बनाउन यो अभियान थालेका हौ ।’

ज्ञापन पत्रमा क्वारेन्टाईनमा बसेकाहरुको उचित व्यवस्थापन गरिनु पर्ने र उनीहरुलाई घर पठाउँदा अनिवार्य पीसीआर परीक्षण गरेर पठाउनु पर्ने माग गरिएको छ।

कोरोना परिक्षणमा पीसीआर पद्धतीमात्रै विश्वसनिय रहेको अवस्थामा सरकार त्यसको दायरा बढाउनतर्फ उदासिन रहेको अध्यक्ष खड्काले बताए । उनले भने,’सरकार हज्जारौं नागरिक क्वारेन्टाईनमा राखेर कमिशनको खेलमा ल्याईएको आरडिटी प्रयोग गरेर रकम कुम्ल्याउन तल्लीन छ । जुन जनस्वास्थ्यमाथि गम्भिर खेलवाड हो ।’

संकलित रकम जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई पठाईने नेविसंघ डोटीका नेता दीपेन्द्र सिंह बताए।  सरकारले नेविसंघको माग लाई सम्बोधन नगरे कडा आनदोलनमा उत्रिले अध्यक्ष खड्काले बताउनु भयो ।