सुदुरपश्चिममा हालसम्म ६१ हजार वढीमा कोरोना परिक्षण,पिसिआर मात्रै न्युन

सुदुरपश्चिममा हालसम्म ६१ हजार वढीमा कोरोना परिक्षण,पिसिआर मात्रै न्युन

धनगढी । सुदुरपश्चिम प्रदेशमा हालसम्म ६१ हजारभन्दा वढीमा कोरोना परिक्षण भएको छ । सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार आरडिटी र पिसिआर गरी दुवै विधिबाट ६१ हजार चार सय ४३ जनाको कोरोना परिक्षण गरिएको हो । त्यसमा सवैभन्दा वढी आरडिटी विधिबाट गरिएको छ ।

निर्देशनालयका अनुसार आरडिटी विधिबाट ५३ हजार एक सय ९१ जनाको परिक्षण गरिएकोमा ५० हजार ६ सय ३४ जनाको रिर्पोट नेगेटिभ आएको छ । परिक्षण गरिएको नमुनामा दुई हजार पाँच सय ५७ जनाको नतिजा पोजेटिभ आएको छ । उनीहरुको पिसिआर विधिबाट जाँचका लागि थ्रोब स्वाव संकलन गरी सकिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

पिसिआर विधिबाट ९ हजार ९ सय २४ वटा नमुना संकलन गरीएकोमा ७ हजार नौ सय ७५ जनाको जाँच गरिएको छ । ८ हजार २ सय ५२ नमुनाको रिर्पोट नेगेटिभ आएको छ । एक हजार ६ सय ७२ वटा नमुना परिक्षणको क्रममा रहेका छन् । ती नमुनाहरु धनगढी स्थित प्रयोगशालाको डिफ्रिजमा थन्किएका छन् ।  

¥यापिड टेस्टमा पोजेटिभ देखाएपछि कोरोना भए, नभएको पुष्टि पीसीआर परीक्षणबाट हुने गरेकोमा अधिकाशंको भने पीसीआर परीक्षण बाँकी छ । प्रदेश स्वास्थ्य निर्देशनालयले भने सुदूरपश्चिममा एउटा मात्रै प्रयोगशाला भएको र आरडिटी धेरैमा पोजेटिभ देखाएकोले परीक्षणमा समस्या भएको जनाएको छ ।