सुदूरपश्चिममा कोरोना परिक्षण सुस्त

सुदूरपश्चिममा कोरोना परिक्षण सुस्त

धनगढी : कोरोना भाइरसबाट बिश्वनै अक्रान्त बनिरहेका बेला सुदूरपश्चिम प्रदेशमा चेकजाँचको दायरा बढ्न सकेको छैन । कैलाली जिल्लामा मात्रै भारतबाट हालसम्म ६० हजार भन्दा बढी नागरिक स्वदेश फर्किएका छन् ।

ति मध्ये अधिकाशंको आर डि टि समेत हुन नसक्दा अवधी भन्दा बढी क्वारेन्टाइनमै बस्नुपरेको छ । सरकारी तहबाट पिसिआर परिक्षण सुस्त भइरहँदा यस जिल्लामा भने आर डि टि टेस्ट समेत सुस्त गतीमा छ । 

भारत तथा कोरोना प्रभावित क्षेत्रबाट गृह नगर फर्केका ब्यक्तीहरुलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने सरकारी नियम छ । क्वारेन्टाइन अवधी पुरा गरिसकेपछि आर डि टि बिधिबाट परिक्षण पश्चात घर पठाउने भनिएपनि क्वारेन्टाइन अवधी पुरा भइसकेपनि उनिहरुले घर जान पाएका छैनन् ।

दिनहुँ भारतबाट नेपाली नागरिकहरु स्वदेश फर्किरहँदा आर डि टि परिक्षणमा समेत तिब्रता नदिएको भन्दै क्वारेन्टाइनमा बसेकाहरु चिन्तित बनेका छन् । क्वारेन्टाइन अवधी पुरा गरेकालाई आर डि टि गरी घर पठाउने र पोजेटिभ आएकाहरुको स्वाव संकलन गरी पि सि आर परिक्षणमा समेत ढिलाई भइरहेको उनिहरुले बताएका छन् । 

२० दिन भन्दा बढी क्वारेन्टाइनमै राख्नुपर्दा योजनाभन्दा बढी रकम खर्च हुन थालेको जनप्रतिनिधीहरुले बताएका छन् । धनगढी उप महानगरपालिका क्षेत्रमा मात्रै क्वारेन्टाइन अवधी पुरा गरेका नागरिकहरुले समेत घर जान पाएका छैनन् ।

झन आर डि टि पोजेटिभ आएकाहरुको एक साता बित्दासम्म स्वाव संकलन नभएपछि जनप्रतिनिधीनै आक्रोसित बनेका छन् । क्वारेन्टाइन ब्यवस्थापनका लागी स्थानिय तहको जिम्मा दिएपनि समयमै परिक्षण नगर्दा समस्या श्रृजना भएको धनगढी उप महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष बल बहादूर ऐरले बताए । 

कैलालीमा मात्रै हालसम्म ६० हजारभन्दा बढी भारतबाट नेपाली नागरिक भित्रिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । हालसम्म १५ हजार ९ सय ४५ जनाको आर डि टि र ३ हजार १४ जनाको पिसिआर बिधिबाट परिक्षण गरिएको छ ।

समयमै सबैको परिक्षण गरी घर पठाउन नसकेको स्वास्थ्य कार्यालयले स्वूकार गरेको छ । जिल्ला तथा प्रदेश आपुर्ती ब्यवस्था कार्यालयमा किटका लागी माग गरेपनि आवश्यक्ता अनुसार आउन नसकेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादूर धामीले बताए । 

क्वारेन्टाइन अवधी पुरा गरेकाहरुको समयमै परिक्षण नगर्दा कोरोनाको झन जोखिम बढेको छ । दैनिक भारतबाट आउने क्रम जारी रहँदा क्वारेन्टाइन अवधी पुरा गरेकाहरुलाई परिक्षण गरी घर पठाउन सके ब्यवस्थापनमा समेत सहज हुने जनप्रतिनिधीको अपेक्षा छ ।

त्यसैले क्वारेन्टाइन अवधी पुरा गरेकाहरुको समयमै कोरोना परिक्षण गरी घर पठाउन उनिहरुले आग्रह गरेका छन् ।