बाजुरामा जीप दुर्घटना हुँदा एकको मृत्यु

बाजुरामा जीप दुर्घटना हुँदा एकको मृत्यु

बाजुरा : बाजुराको बुढिगंगा नगरपालिका– २ को बल्देमा जीप दुर्घटना भएको छ ।

से १ ज ५४३ नम्बरको सवार जीप आज दिउसो १२ बजे बल्देमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

दुर्घटनामा जीप चालक तथा जीप मालिक त्रिवेणी नगरपालिका ४ तोली का धनबहादुर साउदको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् ।

घाइते हुनेमा त्रिवेणी नगरपालिका तोलीका नवराज साउँद र खप्तड छेडेदह गाउपालिका ५ का कुम्भ बुढा रहेको प्रहरी नायब उपरिक्षक उद्धवसिह भाटले जानकारी दिनुभएको छ ।

घाइते दुइको अहिले अछामको बयालपाटामा उपचारको लागि पठाइसकेको प्रहरी प्रमुख भाटले जानकारी दिनुभयो ।

बुढीगंगा नगरपालिका–१ कुँडीमा भारतबाट आएकालाई पु¥याएर कुँडीबाट मार्तडी आउने क्रममा जीप दुर्घटना भएको हो । जीप सडकभन्दा करीब ५ सय मिटर तल खसेको प्रहरीको भनाइ छ