समयमा कोठाभाडा नदिएको भन्दै धनगढीमा घरबेटीहरु विद्यार्थीहरुलाई कोठा छोड्न दबाब दिदैँ

समयमा कोठाभाडा नदिएको भन्दै धनगढीमा घरबेटीहरु विद्यार्थीहरुलाई कोठा छोड्न दबाब दिदैँ

धनगढी : कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न सरकारले चैत ११ गते देखी जारी गरेको लकडाउनले कैलालीमा अध्ययनरत विद्यार्थीहरु समस्यामा परेका छन । सुदूरपश्चिमका विभिन्न जिल्लाबाट अध्ययनको शिलशिलामा धनगढीमा  डेरा गरी बस्ने विद्यार्थीहरु प्रत्येक्ष मारमा परेका छन ।

लकडाउनका कारण घर जना नपाएको र आर्थिक अभाव हुन थालेपछि भोकै बस्नुपर्ने बाध्य भएका छन । उनीहरुसँग दाल, चामल लगायतका उपभोग्य सामाग्री किन्ने पैसा समेत नहुँदा भोकै बस्नुपर्ने बाध्यता सिर्जना भएको हो ।

साथै लकडाउनले गर्दा पैसा आउने कुनै स्रोत नहुदाँ घर भाडा समेत तिर्न मुस्किल भएको छ । कोरोना माहामारी चलिरहेकै बेला घरबेटीहरुले विद्यार्थीहरुलाई कोठा भाडा दिन दबाब दिन थालेपछि विद्यार्थीहरु झनै समस्यामा परेका छन । 

लकडाउनका कारण घर जान नपाएको र आफुसँग भएको पैसा पनि सकिँदा के खाने भन्ने चिन्ता बढेको मनगढीमा डेरा गरी बसेका विद्यार्थी जयराज बोहरा दुखेसो पोखे । ‘पैसा नभएका बेला के खाने भन्ने चिन्ताले सताएको,’उनले भने ‘खान समेत पैसा नभएका बेला घरबेटीले भाडा तिर्न दबाब दिदैँ छन ।’ 

विद्यार्थीहरुले यस्तो सास्ती भोग्नु पर्दा समेत धनगढी उप–महानगरपालिकाले आफुहरुको समस्या प्रति खासै चासो नदेखाएको विद्यार्थीहरुले गुनासो गरेका छन । लकडाउनको सुरुवाती अवस्थामा विद्यार्थी संगठनहरले राहात वितरण गरिएको भएपनि अहिले भने राहात वितरण कार्य पनि बन्द छ ।

अध्ययनको शिलशिलामा धनगढीमा बस्ने धेरै विद्यार्थीहरु अहिले घरबेटीको दबाब झेल्दै आएका छन । घरबेटीले लकडाउनको समयमा भाडा माग्दा आफुलाई समस्या भएको बझाङ स्थायी घर भएका भक्त बहादुर रोकायाले बताए ।

‘समयमा कोठा भाडा नतिरेको भन्दै कोठा छोड्न भन्दै घर बेटीले दबाब दिने गरेका छन,‘ उनले भने,‘यस्तो समस्याका बेला हामीले कहाँबाट घरबेटीलाई कोठाभाडा दिने ?’

कतिपय घरबेटीले विद्यार्थीहरुलाई अनावश्यक दुख दिने र अमानविय व्यवहार देखाउने गरेका छन । मुलुक नै संकटमा परेका वेला यस्ता कार्य नगर्न अनेरास्ववियु कैलालीका जिल्ला कमिटी सह–संयोजक समीर जोशीले बताए ।

‘यदी कसैले विद्यार्थी माथी यस्तो प्रकारको कार्य गरेमा कारबाहीका लागि पहल गरिने,‘उनले भने,‘यस बिषयमा जिल्ला प्रशासन कार्यालय सँग समन्वय भईरहेको छ ।’

यता धनगढी उप–महानगरपालिकाले भने विद्यार्थीका समस्या समाधानका लागि थुप्रै प्रयास गरेको दावी गरेको छ । तर कोठा भाडा मिनाहाका सन्दर्भमा भने उप–महानगरपालिकाले चाहेर पनि केही गर्न नसक्ने उप–प्रमुख शुशिला मिश्र भट्टले बताईन् ।

‘संघिय सरकारले मौखिक रुपमा भाडा मिनाहा गर्न भनेको,‘उनले भनिन्,‘तर स्थानिय तहलाई परीपत्र नगर्दा आफुहरुलाई भाडा मिनाहाका लागि पहल गर्न असहज भएको छ ।’

मजदुरी गर्न भारत लगायत अन्य मुलुक गएका अभिभावक पनि लकडाउने गर्दा समस्यामा परेकाले आफुहरुलाई यहि अवस्थामा कोठाभाडा तिर्न समस्या भएको विद्यार्थीहरुले बताएका छन । त्यसकारण कोठा भाडा मिनाहा गर्न स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारलाई विद्यार्थीहरुले आग्रह गरेका हुन ।