बजेटमा स्वास्थ क्षेत्र : आगामी आर्थीक बर्ष "स्वास्थ सेवा सुधार बर्ष"

बजेटमा स्वास्थ क्षेत्र  : आगामी आर्थीक बर्ष "स्वास्थ सेवा सुधार बर्ष"

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले जारी गरेको बजेटमा आगामी आर्थीक बर्ष स्वास्थ सुधार बर्षका रुपमा अघि सारेको छ ।

क्षेत्रगत बजेट अनुसार सामाजिक विकास मन्त्रालय मार्फत स्वास्थ क्षेत्रलाई उच्च प्राथमीकतामा राख्दै बजेट विनियोजन गरिएको हो ।

प्रदेशका नागरिकको स्वास्थ सेवामा सहज पहुँच अभिवृद्धि र सेवालाई थप गुणस्तरिय एंव व्यवस्थीत बनाई रोगहरु विरुद्ध तत्काल प्रतिरोध गर्न सक्ने गरि बजेट विनियोजन गरिएको आज जारी बजेटमा उल्लेख गरिएको छ । 
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहोराले बजेट प्रस्तुत गरेका हुन् । सुदुरपश्चिम सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब रुपैयाँको बजेट ल्याएको छ ।

प्रदेश सभामा प्रस्तुत बजेट अनुसार ३३ अर्ब २८ करोड ४८ लाखको बजेट आएको हो । त्यसमा चालु तर्फ १४ अर्ब १८ करोड ७८ लाख अर्थात कुल बजेटको साढे ४२ प्रतिशत र पुँजीगत तर्फ १६ अर्ब ७२ करोड ८४ लाख अर्थात कुल बजेटको ५० दशमलव २ प्रतिशत बजेट विनियोजन भएको छ ।  

चालु आव २०७६, ०७७ का लागि २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैयाँको बजेट ल्याएको थियो ।प्रदेश सरकारले स्वास्थ्य, कृषि, सडक, खानेपानी, सिचाई, उर्जा, तटबन्ध आदि पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ।