भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ९ हजार ९ सय नाघ्यो

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ९ हजार ९ सय नाघ्यो

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ४३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १० हजार २४३ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरसबाट संक्रमण हुने मानिसको संख्या ३ लाख ४३ हजार २६ पुगेको हो ।

एकै दिन अरू ३९५ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ९ हजार ९१५ पुगेको छ । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख ८० हजार ३२० जना संक्रमणमुक्त भएका छन् ।

कोराना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।