रुसमा ५ लाख ३७ हजारभन्दा बढीमा कोरोना संक्रमण

रुसमा ५ लाख ३७ हजारभन्दा बढीमा कोरोना संक्रमण

साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ५ लाख ३७ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एकै दिन ८ हजार २४६ जनामा संक्रमण देखिएपछि रुसमा ५ लाख ३७ हजार २१० जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १४३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ७ हजार ९१ पुगेको छ ।

२ लाख ४५ हजार ५८० जनाको उपचार भइरहेको छ भने २ लाख ८४ हजार ५३९ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।