कोरोना कहर : भारतमा सोमवार अहिलेसम्मकै धेरैको मृत्यु

कोरोना कहर : भारतमा सोमवार अहिलेसम्मकै धेरैको मृत्यु

कोरोना भाइरसको महामारी अहिले विश्वका २१३ देशहरुमा फैलिसकेको छ । यो समाचार तयार पार्दासम्म विश्वमा ४ लाख ३९ हजार ८५ जनाको मृत्यु भईसकेको छ भने ८१ लाख १३ हजार ६७९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४२ लाख १३ हजार ६०१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५४ हजार ५६८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच कोरोना भाइरसको महामारीबाट भारतमा अहिलेसम्म ९ हजार ९१५ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ४३ हजार २६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ८० हजार ३२० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा सोमवार १० हजार २४३ जना संक्रमित थपिएका छन् भने ३९५ जनाको मृत्यु भएको छ । सोमवार भारतमा एकैपटक मृत्यु भएकाको संख्या अहिलेसम्मकै धेरै हो ।