विवाह गरेर घर गईरहेकी दुलही नदीमा हाम्फालेपछि...

विवाह गरेर घर गईरहेकी दुलही नदीमा हाम्फालेपछि...

भारतको राजस्थानस्थित सवाई माधोपुरमा एक नवविवाहिता महिलाले श्रीमानको घर जाँदै गर्दा कार रोक्न लगाएर नदीमा हाम्फालेकी छन् । उनले कार रोकेपछि त्यहाँ रहेको चम्बल नदीको पुलबाट हाम्फालेकी भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त घटनाले दुलाहा र उनको परिवार स्तब्ध भएका छन् । अल्लाहपुर गाउँमा धुमधामसित युवतीको विवाह भएको र विवाहपछि युवती आफ्ना श्रीमानका साथ घर गएकी थिइन्।

बाटोमा जाँदै गर्दा चम्बल नदीको पुल पुगेपछि दुलहीले बान्ता आएको भन्दै गाडी रोक्न लगाएर त्यहिबाट हाम्फोलेकी हुन् ।

दुलहा र उनका साथी चिच्याए पनि नसुनेर नदीमा हाम्फालेकी उनको अहिलेसम्म अत्तोपत्तो छैन । उनको खाजीकार्य भईरहेको छ ।