८२ औँ वार्षिकोत्सव मनाउँदै नेपाल बैंक

८२ औँ वार्षिकोत्सव मनाउँदै नेपाल बैंक

काठमाडौं : नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेडले शुक्रबार ८२ औँ वार्षिकोत्सव मनाउँदैछ।

१९९४ साल कात्तिक ३० गते स्थापना भएको यो बैंक, नेपाल राष्ट्र बैंकभन्दा पनि पुरानो हो । गएको आर्थिक वर्षमा ३ अर्व ३९ करोड खुद मुनाफा गरेको नेपाल बैंकले चालु आर्थिक वर्षको सुरुको तीन महिनामा झण्डै ९१ करोड खुद मुनाफा आर्जन गरेको जनाएको छ ।

गएको असोज मसान्तसम्म ९३ अर्ब रुपैयाँ निक्षेप संकलन र ८१ अर्बको हाराहारीमा ऋण प्रवाह गरेको छ।

अहिले १५ लाख नागरिकलाई नियमित सेवा दिइरहेको नेपाल बैंकका १ सय ४६ वटा शाखा र ८१ वटा एटीएम रहेको बैंकले जनाएको छ । सरकारको ५१ र सर्वसाधरणको ४९ प्रतिशत शेयर रहेको बैकको बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ छ । साभार : उज्यालो अनलाईन