भारत र चीनका सेनाबीच भिडन्त, ३ भारतीय सैनिकको मृत्यु

भारत र चीनका सेनाबीच भिडन्त, ३ भारतीय सैनिकको मृत्यु

गएराति भारत लद्दाखको सीमावर्ती क्षेत्र गलवन घाटीमा भारत र चीनका सेनाबीच भिडन्त भएको छ । सीमा विवादका कारण सम्वन्ध चिसिएको बेला भारत र चीनका सैनिकबीच हिंसक भिडन्त भएको हो ।

भिडन्तमा भारतीय सेनाका एक अधिकृत र दुई जवान गरी तीन जना मारिएका छन् । भारतीय सेनाले विज्ञप्ति जारी गर्दै आफ्ना तीन सैनिक मारिएको जनाएको छ । सोमबार राति डि एस्केलेसन प्रक्रियाका बेला दुई पक्षबीच भिडन्त भएको बीबीसीले जनाएको छ ।

भारत र चीनबीच सीमाको विषयलाई लिएर लामो समयदेखि विवाद हुँदै आएको छ । गत मे महिनामा चिनियाँ सेना पेङगोङ झिल र गलवन घाटीमा प्रवेश गरेपछि दुई पक्षीय तनाव बढेको थियो ।
चिनियाँ सेनामा पनि ठूलै नोक्सान भएको जनाइएको छ । चिनियाँ सेनातर्फ कति मरे वा घाइते भए भन्नेबारे केही खुलाइएको छैन ।

भारतीय सैन्य मुख्यालयबाट जारी गरिएको विज्ञप्तिअनुसार दुवै देशका वरिष्ठ सैन्य अधिकारीहरु विवाद मिलाउन घटनास्थलमा बैठक बसिरहेका छन् ।