हुलाकी राजमार्ग दुर्त गतिमा अघि बढाउन मन्त्री मगरको निर्देशन

हुलाकी राजमार्ग दुर्त गतिमा अघि बढाउन मन्त्री मगरको निर्देशन

कञ्चनपुर : खानेपानी मन्त्री विना मगरले कञ्चनपुरमा निर्माण हुन लागेको हुलाकी राजमार्ग र कलुवापुर बेलौरी राजमार्ग निर्माणको कार्य छिटो अघि बढाउन निर्देशन निर्देशन दिनुभएको छ ।

हुलाकी राजमार्ग निर्माणमा ढिलासुस्ती भएको जनगुनानो बढ्दै गएपछि मन्त्री मगरले बिहीबार आयोजना र निर्माण कम्पनीका कर्मचारीलाई बोलाएर सम्झौता अनुसार नियमित ढङगबाट निर्माण गर्न निर्देशन दिनुभयो । 

‘हुलाकी राजमार्ग रफ्तारमा अघि बढेको छैन, ‘मन्त्री मगरले भनिन्, ‘यही गतीमा अघि बढे फेरी पनि जनतालाई दुःख हुन्छ, तसर्थ युद्धस्तरिमा काम गर्नुहोस ।’ वषौँ सम्म जनताले हिउँदमा धुलाम्मे र बर्षातमा हिम्लाम्मे हुने अवस्था कहिलेसम्म भोग्ने भन्दै मन्त्री मगरले सम्बन्धित निकायले जनताको दुःख बुझ्नुपर्ने बताउनुभयो । 

बेलौरी–कलुवापुर सडकखण्ड पनि दुर्त गतिमा अघि बढाउन निर्देशन दिँदै मन्त्री मगरले काम नगर्ने निर्माण कम्पनीका विषयमा सम्बन्धित कार्यालयले कारवाही प्रकृया अघि बढाउन समेत निर्देशन दिनुभयो ।

कुल एक अर्ब, १७ करोडको लागतमा कालोपत्रे गरिने उक्त सडक खण्ड ३० महिना भित्र सम्पन्न गर्नुपर्ने सम्झैता भएको थियो । निर्माणको जिम्मा पाएको झण्डै २० महिना बितिसक्दा पनि सडकको फाउण्टेशन समेत भएको छैन् । साभार : नया पत्रिका